उदयपुर । उदयपुरमा एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । चौदण्डीगढी नगरपालिका ७ की माइतमा रहेकी ३० वर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताए । उनका अनुसार श्रीमानलाई यसअघि नै संक्रमण पुष्टी भएपछि श्रीमतिलाई पनि कोरोना चेकजाँच गर्दा संक्रमण पुष्टी भएको बताए ।
श्रीमान् झापाको काकडभिट्टा बोर्डरमा कार्यरत स्वास्थ्यकर्मी रहेकोले गत असार २२ गते उनले कोरोना चेक जाँच गराउँदा २८ गते रिपोर्ट नेगेटिभ आएको थियो । श्रीमान् असार ३० गते ससुराली आएर साउन ५ गते झापा फर्केको पारिवारिक स्रोतले जानकारी दिइएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए ।
झापा फर्केपछि श्रीमान् ७ दिन क्वारेन्टाइन बसेर साउन १३ गते चेकजाँच गर्दा कोरोना पोजिटिभ देखिएपछि यहाँ श्रीमति, छोरा छोरीलाई चेकजाँच गराउँदा श्रमतिमा कोरोना संक्रमण देखिएको मेयर राईले बताए । मेयरका अनुसार छोराछोरीलाई ७ दिन होम क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाईएको बताए । छोरा छोरीमा संक्रमण देखिएमा समुदाय स्तरमा पनि चेक जाँच गराउने मेयर राईले जानकारी दिए ।
संक्रमित गर्भवती महिलालाई विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाउने भनेपनि आइसोलेशन खाली नभएकोले चौदण्डीगढी ६ सातघारेको आइसोलेशनमा तत्काल राखिने स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले जानकारी दिए ।
उदयपुरका संक्रमितको संख्या २३ महिलासहित ८९ पुगेको छ । हालसम्म बेलका नगरपालिकामा २४ जना, त्रियुगा नगरपालिकामा ५१ जना, कटारी नगरपालिकामा ७ जना, चौदण्डीगढी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया