सिरहा / तराईको आदिवासी थारु समुदायले आफ्‍नो मातृभाषालाई नगरभाषाको रुपमा माग गर्दै लहान सिरहामा थारु भाषा सम्‍मेलन सुरु भएको छ।

ुथारु भाषा, जीवनको आशाु भन्‍ने नाराका साथ थारु साहित्‍य केन्द्र नेपालले प्रदेश(नम्बर २को लहान सिरहामा थारु भाषा साहित्‍य र कलाको संरक्षण सम्वर्द्धन कसरी र किन भन्‍ने नारा दिएर सम्‍मेलन सुरु भएको हो।

कार्यक्रमा थारु भाषाका लिपी, इतिहास र सवल र कमोजरीको पक्षमा छलफल हुनेछ। कार्यक्रममा थारु भसाको बारेमा भुलाई चौधरी, थारु लिपीको बारेमा लिपीविद् लक्ष्मण चौधरी, महेश चौधरी, रमाकान्त चौधरी उर्फ राज थारु,देवनारायन चौधरी, जयराम पंजियार, किशोर चौधरी कार्यपत्र प्रस्तुत गर्ने छन्।

तपाईको प्रतिक्रिया