उदयपुर । कोरोना संक्रमित क्षेत्र भुल्केमा शनिबार थप एक महिलामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा श्रीमान् श्रीमति संक्रमितको संख्या तीन परिवार पुगेको छ । पछिल्लो चरणमा शनिबार मात्रै साँझ एक ४३ वर्षिय महिला संक्रमित भएपछि कोरोना संक्रमित श्रीमान् श्रीमतिको संख्या तीन पुगेको हो । पछिल्लो चरण संक्रमित महिलाको श्रीमान संक्रमित भएर कोशी कोरोना विषेश अस्पतालमा उपचार गराई रहेका छन् ।
उनको श्रीमान् चैत्रको पहिलो साता भारतको बैंगलोरबाट जोगवनी–विराटनगर हुँदै भुल्के आएका थिए । उनीहरुको एक छोरीको एक महिना अघि मात्रै भारतको ठाडी लौकहामा विवाह भएर गएकी छिन । भने बुहारी पनि लकडाउन अगाडी बच्चा जन्माउन सिरहा माइत गएकी छिन् । छोरो बैदेशिक रोजगारको शिलशिलामा बाहिर छन् । उनीहरुको परिवारमा अहिले गाई बाख्रा चराउनेको कुरा छोडौ घरको दैलो समेत खोलि दिने मानिस छैनन् । उनको घरमा अहिले ताला लागेको छ । कोरोना संक्रमण श्रीमान भारतमै संक्रमित भए वा पछि संक्रमित भए खुल्न सकेको छैन् ।
यस्तै माक्स बनाउने श्रीमान् श्रीमति पनि संक्रमित भएका छन् । श्रीमति अस्पतालबाट डिस्चार्ज भएर अहिले त्रियुगा नगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका छन । श्रीमान्को अहिलेपनि अस्पतालमा उपचाररत छन् । उनीहरु मस्जिदमा संक्रमित भएका हुन कि भारतको बैंगलौरबाट आएका व्यक्तिबाट संक्रमित भएका हुन वा भारतको युपीमा उर्दु पढ्ने विद्यार्थीबाट संक्रमित भएका हुन् ।
यस्तै बैशाख ९ गते नै गाईघाट बजारमा जुक्ता चप्पल व्यवसायी श्रीमान, श्रीमति संक्रमित हुनेको साथै १८ छोरा पनि संक्रमित भएका थिए । छोरा कोशी कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भएपनि श्रीमान् श्रीमति अहिलेपनि उपचाररत छन् ।
गाईघाट बजारमा जुत्ता चप्पलका व्यवसायीका ६५ वर्षिय सासु, ४१ वर्षिय जेठान, १८ वर्षिय भदा अर्थात युपीमा उर्दु पढ्ने विद्यार्थी र अर्का १८ वर्षिय किशोरी भदैनी पनि संक्रमित भएका छन् । उनीहरु सबै एकै परिवारका हुन् । संक्रमित मध्ये छोरा र उर्दु पढ्ने भदै शुक्रबारै अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरक स्थित क्वारेन्टाइनमा रहेका छन् । जुत्ता चप्पल व्यवसायी लकडाउनमा मात्रै भुल्के गएका थिए ।
अर्का संक्रमित ४५ वर्षिय महिला सप्तरी सुरुङ्गा नगरपालिका ११ अरहा भजोखाका एक संक्रमितका आमा हन् । उनको छोरा शुक्रबार मात्रै कोशी कोरोना विषेश अस्पतालबाट डिस्चार्ज भएर विराटनगरको रानी मजरकको क्वारेन्टाइनमा रहेको छ । उनीहरु चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेमा विवाहमा आएपछि चैत्र १६ गतेबाट भुल्केमा लकडाउनमा फसेका हुन् ।
अर्का संक्रमित दुबई हुँदै नेपाल आएका व्यक्ति पनि डिस्चार्ज भएका छन् । उनी बुवाको मृत्यु संस्कारमा भाग लिन दुबईबाट घर आएका थिए । उनी फागुन ११ गते घर आई पुगेका थिए ।
अर्का स्थानीय मदरसाका शिक्षक तथा पुजारी पनि संक्रमित छन् । पुजारी सहित ५ भारतीय र २ नेपाली जमाती सहित १८ जनाको कोशी कोरोना विषेश अस्पतालमा उपचार भईरहेको छ । आइतार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार संक्रमितको संख्या ३२ पुगेको छ ।

तपाईको प्रतिक्रिया