उदयपुर । विगत लामो समयदेखि एल जी का सामानको विशेषताको साथ साथै चलाउने तरिका सिकाउने उद्देश्यले संचालन भई रहेको एलजीको रोड शो कार्यक्रम आइतबार गाईघाट स्थित जगदिश इलेक्ट्रोनिक्समा सम्पन्न भएको थियो ।रोड शो कार्यक्रममा एल जी प्रोडक्टको बारेमा जानकारी गराउनुको साथ साथै वासिङ्ग मेसिनको प्रत्यक्ष डेमो पनि राखिएका सिजी इलेक्ट्रोनिक्सका तर्फबाट कार्यक्रम संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार गुणस्तरीय तथा किफायती ब्राण्डको नामले परिचित एल जी का सामान निकै नै किफायती, भरपर्दो रहेको बताए । सो रोड शो कार्यक्रमबाट एल जी का टिभी, फ्रिज, रेफ्रिजेनेरटर (फ्रिज), एसी, वासिङ्ग मेसिन, साउण्ड सिस्टम जस्ता प्रोडक्ट र त्यसको विशेषताहरुको बारेमा जानकारी गराएका थिए । साथै एल जी कम्पनीका नेपाल भर चलाएको एसीको सर्भिस क्याम्पको साथ साथै आकर्षक छुट (रेड फेयर योजना) को बारेमा पनि चर्चा गरिएको थियो । कार्यक्रममा आकर्षक छुट पनि राखिएको थियो र गिफ्टको पनि व्यवस्था राखिएको थियो । यस्ता कार्यक्रमबाट दर्शकहरु निकै नै खुशी देखिएको थियो भने एल जी का सामानका माग बढ्दै गएको कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।
सिजी इलेक्ट्रोनिक्स अन्तर्गत एल जी ले प्रदेश नं. १ का प्रमुख शहरहरु काकडभिट्टा, दमक, विराटनगर, धरान, इटहरी लगायत गाईघाटमा पनि रोड सो कार्यक्रम गरेको कार्यक्रम संयोजक भोगेन्द्र चौधरीले बताए । उनका अनुसार एल जी को रोड शो कार्यक्रम २ नं. प्रदेश अन्र्तगतका प्रमुख शहरहरुमा पनि गरिने कार्यक्रम संयोजक चौधरीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया