जीवन विकास लघुवित्तबाट  पीडितहरु रातभर जाग्रम बसेर आन्दोलन

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जीवन विकास लघुवित्त संस्थाबाट पीडित प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ । जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमेटेडबाट पीडितहरुको बैठकले पठाएको पत्र संस्थाले नबुझेको भन्दै प्रदेश नं.१ संघर्ष समितिले चर्को विरोध गर्दै गरेको छ । विगत ३० वर्ष देखिको राजयसत्ता संचालकहरुले सामाजिक र आर्थिक उन्नतीको बाटो लिनुको सट्टा उल्टै लद्युवितिय संस्थाहरुलाई संचालकको अनुमति दिएको भन्दै संघर्ष समितिले गत फागुन ५ गते लद्यूवित्त खारेज सहित ५ बुदे मागपत्र पेश गरेको थियो । आफ्नो माग नहुन्जेल सम्म संस्थाहरुद्धारा संचालित समूह वैठकहरु बहिष्कार गरी वैठकहरु नगर्न र नगराउँन भने पत्र पत्रमा उल्लेख थियो । उक्त पत्र जीवन विकास लद्युवित्त संस्था गाईघाट शाखाले बुझ्न नमानेको भन्दै त्यसको स्पष्टिकरणको माग गर्दे चर्को विरोध जनाएको छ ।+

संघर्ष समिति त्रियुगा नगर अध्यक्ष तविता राईका अनुसार केहि समय अघिबाट केन्द्रको निर्देशन अनुसार लघुवित्तहरुलाई दिनु पर्ने पत्र लघुवित्तहरुले नबुझीरहेको अवस्था थियो । बिहिबार सोही पत्र बुझाउन जाँदा गाईघाटमा रहेको जीवन विकास लघुवित संस्थाका प्रमुख विकाश साहले पत्र लिनुका सट्टा उल्टै पत्र च्यातेर डस्विनमा फालेको र गाली गर्दै पठाएको जनाए । सोही विषयमा संघर्ष समितिले आइतबार बिहानबाटै जीवन विकास लघुवित्त संस्थामा बिरोध गर्दै आएका थिए ।

प्रदेश नं.१ संघर्ष समितिका जिल्ला अध्यक्ष विना मगरको नेतृत्वमा बुझाएको पत्रलाई उक्त संस्थाले वेवास्ता गरी संचालकले गाली गलोच जस्ता अपशब्द प्रयोग गरेको भन्दै संस्था अगाडि प्रदर्शनी गरेको छ । नवसामन्तीको रुपमा स्थापित लद्युवित्तिय संस्थाहरु खारेज गर, लद्युवित्तिय संस्थाहरुद्धारा लगाईएको ऋण मिनाहा गर, आम गरिव किसानहरुलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर जस्ता नारासहित प्रदर्शनीमा उत्रिएका संघर्ष समितिले जिल्ला भरीका लघुवित्तहरुलाई बुझाई सकेको तर यस संस्थाले भने बुझन नमानेको भन्दैं यसको स्पष्टिकरणको माग गर्दे प्रदर्शणमा उत्रीएको हो । उक्त समितिले लद्यूवित्त विरुद्ध गाईघाटको बसर्पाक देखि विरोध प्रदर्शनी गर्दे र्याली समेत निकालेको थियो ।

लद्युवित्तिय पीडितहरु संघर्ष समिति र प्रहरी झडप हुँदा ३ जना प्रदर्शनकारी घाइते भएका थिए । घाइते हुनेहरुमा त्रियुगा नगरपालिका वडा नं. ६ जलजलेका २७ वर्षीय देबिका राईलाई सामान्य पेटमा चोट लागेको छ । यता मोरङ जिल्ला बेलवारी–४ मा बस्ने ४४ वर्षीय ललिता देवी खवासको हातमा सामान्य चोटपक लागेको छ । साथै त्रिनपा ७ का ३६ वर्षीय धन कुमार मोतेको झडपको क्रममा टाउँको सामान्य चोट लागेको जनाएको छ ।

प्रदर्शनकारी र प्रहरी विचको भिड नियन्त्रण गर्न प्रहरीले चार सेल अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारी र प्रहरी विचको विवादमा अचानक ढुंगा हानाहान हुँदा प्रदर्शनकारीहरु नियन्त्रणमा लिनको लागि अश्रु ग्यासको प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ज्ञानेन्द्र प्रसाद फुयाँलले बताए । उनका अनुसार झडपमा नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट पनि घाईते भएको बताए ।

प्रदर्शनकारीहरु रातिको समयमा पनि जीवन विकास लद्युवित्तिय संस्थाको गेट अगाडी जाग्रम बसेर धर्ना दिईरहेको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया