उदयपुर । उदयपुरमा कागजपत्र विनाको करिव ११ लाख बराबरको जडीबुटी तथा वनस्पति पक्राउ परेको छ । मंगलबार साँझ ६ः३० बजेको समयमा रौतामाई गाउँपालिका ७ भुट्टारबाट मुर्कुची तर्फ ल्याउँदै गरेको कागज पत्र विनाको जडीबुटी तथा वनस्पति सहित बा १३ च ५६४९ नम्बरको बोलेरो र स १ त ४५१८ नम्बरको ट्याक्टर पक्राउ परेको छ ।

अन्दाजी मूल्य १० लाख ६२ हजार बराबरको धसिङ्ग्रेको ३५४ केजी तेल बोलेरोबाट बरामद भएको छ । ८० केजी तेजपात र ६ केजी चिराइतो ट्याक्टरबाट बरामद भएको नेपाल सशस्त्र प्रहरी बल ५ नं. त्रियुगा गणले जनाएको छ ।

गणबाट सशस्त्र प्रहरी सहयाक निरीक्षक गोपाल खड्काको कमाण्डमा खटिगएको ७ जनाको मोवाईल गस्ति टोलिले भुटारबाट मुर्कुची तर्फ आउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

यस्तै बोलेरो चालक ताप्ली गाँउपालिका १ बस्ने बर्ष ३० को निरराम मगर र ट्याक्टर चालक रौतामाई गाँउपालिका ७ बस्ने बर्ष २५ को बम बहादुर तामाङ्ग समेत पक्राउ परेको छ । पक्राउ परेको वनस्पति र जडीबुटी आवश्यक अनुसन्धानको लागि सव डिभिजन वन कार्यलय भुट्टार पठाईएको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया