त्रियुगामा बस्नेत विरूद्ध भागवत राउतको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा खारेज
उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उमेद्वार रहेका बसन्त बस्नेत विरुद्ध मेयरका प्रत्यासी भागवत राउतको उजुरीमा कुनै कारबाही नहुने भएको छ ।
सोमबार एमालेका उम्मेद्बार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटमा दिएको उजुरी मंगलबार माथि छानबिन गर्दा प्रचलित निर्वाचन सम्बन्धी कानून बमोजिम उम्मेदवार हुन अयोग्य रहेको बिषय नह...













