राहत शिक्षकको आन्दोलनले भोलि देशभरका विद्यालय बन्द (विज्ञप्तिसहित)
काठमाडौं । अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।
राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत भएको थियो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वको माग...













