पानी नपर्दा मकैका बोट सुक्न थाले, कृषक चिन्तित
उदयपुर । पानी नपर्दा मकै बोट मै मर्न थालेपछि उदयपुरका कृषक चिन्तित भएका छन् । लामो समय देखि आकाशबाट पानी नपरेपछि मकैका बोटहरु मर्न र सुक्न थालेका हुन् । उदयपुर त्रियुगा नगरपालिका–३ मोतिगडाका एक कृषकले छरेको मकै सुकेको अवस्थामा छ । उदयपुरका अहिले अधिकांश कृषकको मकै यसरी नै सुकेको कृषकहरुको भनाई छ । कृषकहरुका अनुसार मकै यसरी नै सुके के खाने, पानी नपरे धानको विउको व्याड कसरी लगाउने चिन्तामा रहेका छन्...












