त्रियुगा नदीमा डुंगा चल्न शुरु
उदयपुर । असारको अन्तिम सातादेखि नियमित बर्षाले त्रियुगा नदीको सहत बढेसँगै चौदण्डीगढी नगरपालिका ५ सिवाई सुन्दरपुर–बेल्हा ओहोर दोहर गर्न समस्या भएपछि नदीमा मंगलबारदेखि डुंगा चलाउन शुरु गरिएको छ । सिवाई सुन्दरपुरको व्यपारी केन्द्र बेल्टार बजारलाई जोड्ने सिवाई स्थित त्रियुगा नदीमा पुल नबन्दा स्थानीयलाई नदी तर्न समस्या भएकोपछि ढुंगा संचालनमा आएको हो ।
सिवाई सुन्दरपुरका स्थानीयहरुलाई नगरपालिकाको कामकाज...













