भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन

भाटभटेनी सुपर मार्केटका अध्यक्ष र दुई भूमाफियामाथि सम्पत्ति शुद्धीकरण छानबिन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धान थालेको छ ।बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को छानबिनमा परेका गुरुङ, ढकाल ...

बलान विहुल गाउँपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रण

बलान विहुल गाउँपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रण
राजेन्द्र महतो लहान । सप्तरीको बलान विहुल गाउँपालिकामा अख्तियारको टोलीले ले छापा मारेको छ। विकास निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै उजुरी बारम्बार आएपछि आयोगको इटहरी कार्यालयको सात जना कर्मचारीको टोलीले लगातार दुई दिन छापा मारेको हो। अख्तियारको टोली गाउँ पालिका पुग्दा जनप्रतिनिधि तथा कर्मचारीहरूको भागाभाग भएको थियो। गाउँपालिकामा सम्पन्न भएका विभिन्न योजनाको महत्वपूर्ण कागजात छानबिनका लागि ल...

म्याजिक र ट्रक एक आपसमा ठोकिदा ३ जनाको मृत्यु, १२ घाईते, १ गम्भीर

म्याजिक र ट्रक एक आपसमा ठोकिदा ३ जनाको मृत्यु, १२ घाईते, १ गम्भीर
राजेन्द्र महत्तो, लहान । सिरहामा यात्रु सवार म्याजिकलाई ट्रकले ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । दुर्घटनामा परेर अन्य १२ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–११, स्थित पडरिया चोकमा सोमबार दिउँसो डेढ बजेतिर एक यात्रु सवार म्याजिकलाई माल बाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा भयानक दुर्घटना हुन पुगेको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. १ ज. ७४५४ नम्बरको म्या...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मार्च पासमा सलामी लिनु वा दिनु पर्ने कुनै नियम नै छैन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मार्च पासमा सलामी लिनु वा दिनु पर्ने कुनै नियम नै छैन् ।
उदयपुर । अहिले देशभरका स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको छ । सशर्त अनुदानबाट सञ्चालन हुने यो कार्यक्रमको बजेट एक लाख रुपैयाँ भर्खरै स्थानीय तहहरुले पाएका छन्, त्यसैले सबैतिर हतार–हतार कार्यक्रमहरु भइरहेका छन् । तर, प्रतियोगिताको भन्दा अतिथिको सलामी बढी चर्चामा छ । एकपछि अर्को तस्वीर सामाजिक सञ्जालमा छाएका छन, जसमध्ये उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा (स्वस्ति...

बेलकाका मेयर दुर्गा थापाको पिर्का सलामी फोटो समाजिक संजालमा भाइरल (तस्विर सहित)

बेलकाका मेयर दुर्गा थापाको पिर्का सलामी फोटो समाजिक संजालमा भाइरल (तस्विर सहित)
उदयपुर । पछिल्ला दिनमा सामाजिक सञ्जालमा केही फोटाहरु भाइरल बनिरहेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर परशु नेपालले टेबुलमा चढेर सलामी ग्रहण गरेको फोटोसँगै ओखलढुंगाबाट प्रदेशसभा ‘क’का लागि निर्वाचित सांसद अम्बिरबाबु गुरुङले पिर्कामा चढेर सलामी ग्रहण गरेको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । त्यस्तै प्रदेश सभा ‘ख’बाट निर्वाचित प्रदेश सांसद मोहनकुमार खड्काले पनि पिर्कामा चढेर सलामी ...

प्रहरीले सर्लाहीमा सर्वसाधारणमाथि गोली बर्सायो, एक जनाको मृत्यु

प्रहरीले सर्लाहीमा सर्वसाधारणमाथि गोली बर्सायो, एक जनाको मृत्यु
सर्लाही । प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरीको गोली लागेर सर्लाही ईश्वरपुर नगरपालिका-१३ का २७ वर्षीय केवल महतोको ज्यान गएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीको गोली लागेर तीन जना स्थानीय घाइते भएका छन् भने स्थ...

करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु
राजेन्द्र महतो, लहान । सिरहाको बरियारपटटि गाउँ पालिका ५ मा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ। आफ्नै खेतमा पानी लगाउने क्रममा बिजुलीको तार सर्ट भर्इ बरियारपटटि गाउँपालिका ५ को १७ वर्षिय ध्रुव भनिने ध्रुव कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकलाई पोस्टमार्टमको लागि राम कुमार उमा प्रसाद अस्पताल लहान पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिल राज बोहराले बताएका छ्न।

महिलालाई सक्षम बनाउन सके समाज रुपान्तरण हुने

महिलालाई सक्षम बनाउन सके समाज रुपान्तरण हुने
उदयपुृर । त्रियुगा नगरपालिका वडा नम्बर ११ गाईघाटका वडा अध्यक्ष बिश्वराज भट्टराईले महिलाको क्षमता बिकास नगरे सम्म समाज रुपान्तरण नहुने भएकाले त्यसका लागि हामी लागेका छौं । महिला सक्षम बनाउने अभियानमा वडा कार्यालय लागेको छ । त्रियुगा नगरपालिकाले आयोजना गरेको मानब बेचबिखन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बिहिवार होटल एवानमा यस्तो बताएका हुन । चालु आर्थिक महिला सशक्तिकरणमा हामीले धेरै काम गरि राखेकाछ...

केटी साथी भेट्न गएका युवकलाई स्थानीय युवाहरुले कुटेर मारे

केटी साथी भेट्न गएका युवकलाई स्थानीय युवाहरुले कुटेर मारे
सप्तरी (रासस) | राजविराजमा भएको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । तिरहुत गाउँपालिका–२ गोइठी घर भई राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलमा अध्यापन गर्ने २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलको छात्रावास वार्डेनका रुपमा समेत कार्यरत बिराजीको युवाको समूहको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले ...

५ जना १९ लाख सहित जुवा खालबाट पक्राउ

५ जना १९ लाख सहित जुवा खालबाट पक्राउ
काठमाडौं । मुड्खु भज्याङ्बाट कौडा खेलिरहेका ५ जना १९ लाखसहित पक्राउ परेका छन् । सोमबार राती बालाजु प्रहरीले कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुर गाईघाटका गोगम्बु बस्ने मिलन कार्की, उदयपुर  बर्रेका तामाङ, दिपक राई, काभ्रे बनेपाका राज तामाङ र संखुवासभाका राजु ब्लोन रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको ...