उदयपुरमा बाँसबाट गाउँमै राम्रो आम्दानी
उदयपुर / उदयपुरका पहाडी भेगका गाउँ घरमा त्यतिकै खेर जाने बाँस आम्दानीको राम्रो श्रोत बन्न थालेको छ । घर, टहरा बनाउन र दाउराको रुपमा प्रयोग गरिने बाँस बिक्री हुन थालेपछि आम्दानीको श्रोत बनेको हो ।
गाउँ घरका पाखो तथा खोल्ला खोल्सीहरुमा प्रशस्त पाईने बाँस खरिद गर्न गाउँमै ब्यापारी आउन थालेपछि स्थानीयबासीहरुले बाँसबाट वर्षेनी राम्रो आम्दिमी गर्दै आएका छन् । त्रियुगा नगरपालिका– १५ खाँबुका भिमबहादुर मग...













