स्थानीय तहमा ब्रह्म लुट : जनप्रतिनिधिको दैनिक भत्ता १५ हजारसम्म
काठमाडौं, लेखापरीक्षकको कार्यालयले पहिलो पटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दैछ जसमा अथाह अनियमितता देखिएको छ ।
गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्ता स्वरूप जनही ३० हजार भुक्तानी दियो ।
...









