उदयपुर र सिराहाबीचको सीमा विवाद बारे सदनमा जानकारी, वास्तविकता यस्तो (फोटो फिचरसहित)
सुखिलाल चौधरी, उदयपुर / प्रदेश–१ का सांसद नारायण बुर्जा मगरले उदयपुर र सिराहाको सीमावर्ती क्षेत्रमा कायम सीमा विवाद समाधान गर्न प्रदेश सरकारसंग माग गरेका छन् ।
प्रदेशसभाको बिहीबार बसेको शून्य समयमा बोल्दै सत्तापक्षका सांसद मगरले प्रदेश–१ मा पर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ६ र प्रदेश २ को सिराहाको लहान नगरपालिका १६ रहेको सीमा विवाद अन्त्यका लागि सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएक...












