शान्तिधाम संचालनार्थ २० लाख ५५ हजार बराबरको अक्षय कोष स्थापना

शान्तिधाम संचालनार्थ २० लाख ५५ हजार बराबरको अक्षय कोष स्थापना
उदयपुर । उदयपुरको शान्तिधाम परिषरमा कात्तिक १ गतेदेखि ८ गतेसम्म भएको श्रीमद् भागवत महापुराण पितृमुक्ति सप्ताह ज्ञान महायज्ञको आय व्याय सार्वजनिक गरेको छ । महापुराणबाट उठेको रकम मध्ये २० लाख ५५ हजार ५ सय ५५ रुपैया बराबरको शान्तिधाम संचालनार्थ अक्षय कोष स्थापना गर्ने समितिले निर्णय गरेको छ ।महापुराणमा भेटी,अक्षयकोष, विभिन्न पूजाकर्म तथा आफन्तजनको स्मृतिमा प्रदान गरेको रकमसहित ३२ लाख ३५ हजार ५ सय ५९ ...

उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण

उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण
उदयपुर । उदयपुरगढी गाउँपालिकाले व्यवसायिक गाईपालक कृषकहरूलाई काउम्याट वितरण गरेको छ । उदयपुरगढी गाउँपालिका अन्तर्गत पशुपालन व्यवसाय गर्दै आएका ३३ जना कृषकलाई वितरण गरिएको हो । उदयपुरमा पहिलो पटक गाईलाई ओछ्याउनका लागि म्याट वितरण गरिएको जनाइएको छ । हेल्भेटास नेपालको सहयोग र उदयपुरगढी गाउँपालिकाको समन्वयमा पशुपंक्षी शाखाले व्यवसायिक गाईपालन गर्दै आएका कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यले काउम्याट वि...

जिल्ला ट्राफिक कार्यालय उदयपुरद्वारा तीन महिनामा २५ लाख १८ हजार राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय उदयपुरद्वारा तीन महिनामा २५ लाख १८ हजार राजस्व संकलन
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ३ महिनामा २५ लाख १८ हजार पाँच सय राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष श्रावण, भाद्र र असोजमा २१ लाख ५४ हजार राजश्व संकलन भएको थियो । त्यसको तुलनामा चालु आवको तीन महिनामा ३ लाख ६४ हजार पाँच सयले बढी राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइ...

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता

सीकाे नेपाल भ्रमणः रेल मार्ग मुख्य प्राथमिकता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरुको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ। करिब एक दर्जन आयोजना चिनियाँ साझेदारीमा बनाउन सम्झौता गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद्को बैठकले गरेको छ । निर्माण मोडालिटी, लगानी, अनुदान वा ऋणलगायतका विषय आयोजनापि...

चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक, सडक चिल्ला पारिए

चिनियाँ राष्ट्रपतिको भ्रमणको मिति सार्वजनिकसँगै तयारी व्यापक, सडक चिल्ला पारिए
काठमाडौ – चिनियाँ राष्ट्रपति सी चीनफिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ । बडादशैँकै बीचमा पनि भ्रमणका अवसरमा द्विपक्षीय वार्ता र सम्झौताको तयारीका लागि नेपाल सरकारका सम्बन्धित निकाय एकातिर जुटेका छन् भने अर्कातिर राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ । विगतदेखि सडक विस्तारको का...

मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो

मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो
काठमाडौं । मेस्किोका एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन् । चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जबरजस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् । बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए । तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन...

स्मारिकाबाट संकलित रकम भवन निर्माणमा खर्चिने

स्मारिकाबाट संकलित रकम भवन निर्माणमा खर्चिने
उदयपुर । कर्मचारी मिलन केन्द्र उदयपुरले स्मारिका प्रकाशनबाट संकलित रकम मिलन केन्द्रको जिर्णभवन मर्मत सम्भारमा खर्च गर्ने भएको छ । नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरी जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर तयार पारेको स्मारिकाको लोकार्पण समारोहमा मिलन केन्द्रका अध्यक्ष हिरा न्यौपानेले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘स्मारिकामा समावेश भएको सन्देशमुलक विज्ञापनबाट १० लाख...

उदयपुरमा वर्षातले पहाडी सडक अवरुद्ध हुँदा खाद्यन्न ढुवानीमा समस्या (फोटो फिचरसहित)

उदयपुरमा वर्षातले पहाडी सडक अवरुद्ध हुँदा खाद्यन्न ढुवानीमा समस्या (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा चार दिन अघि वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि दसैंका लागि आवत जावत गर्न समस्या भएको हो । वर्षाले पहाडी क्षेत्रका सडक अवरुद्ध भएपछि दशैंका खाद्यन्न ढुवानीमा समस्या भएका हुन् । पहाडी क्षेत्रका लिम्चङवुङ, ताप्ली, रौतामाई र उदयपुरगढि गाउँपालिकाका अधिकांस सडक अवरुद्ध भएका छन् । ती गाँउपालिकालाई सदरमुकाम गाईघाट र कटारी बजारसँग जोड्ने सडक अवरुद्ध हुँदा समस्या भएको हो । असार अ...

नेपाल भ्रमण वर्षलाई लक्षित गरी स्मारिका प्रकाशन

नेपाल भ्रमण वर्षलाई लक्षित गरी स्मारिका प्रकाशन
उदयपुर । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कर्मचारी मिलन केन्द्र उदयपुरले जिल्लाका ८ वटै स्थानीय तहका पर्यटकिय क्षेत्रलाई समेटेर स्मारिका प्रकाशन गरेको छ । स्थानीय पर्यटकिय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने उदेश्यले मिलन केन्द्रले आफ्नो स्मारिकामा जिल्लाका प्रमुख पर्यटकिय क्षेत्रहरुलाई समेटेको हो । स्मारिकाको पहिलो भागमा सरकारले पर्यटकिय क्षेत्रकोरुपमा अघि बढाउने गरी घोषणा गरेको प्रमुख १ सय ...

वडाध्यक्ष कमलध्वजको उदाहरणीय निर्णय : विद्यार्थीलाई पाठ्यपुस्तक सहित निःशुल्क कलम कापी पनि उलब्ध गराउने

वडाध्यक्ष कमलध्वजको उदाहरणीय निर्णय : विद्यार्थीलाई पाठ्यपुस्तक सहित निःशुल्क कलम कापी पनि उलब्ध गराउने
उदयपुर । एउटा भनाई छ ‘एक वर्षको लगानी गर्ने हो भने अन्नबाली लगाउनुस्, २० वर्षको लागि लगानी गर्ने हो भने रुख रोप्नु र पुस्तौ पुस्ताको लगानी गर्ने हो भने शिक्षा दिनुस् ।’ यस भनाईलाई चरितार्थ गर्दै उदयपुरको चौदण्डीगढी नगरपालिका ६ का वडाध्यक्ष कमलध्वज राईले विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई पाठ्यपुस्तक सहित निःशुल्क कलम कापी पनि उपलब्ध गराउने उद्घोष गरेका छन् । वडा कार्यालयले वडा स्तरीय कार्यक्रम नै ब...