मेयरलाई सडक नबनाएको भन्दै ट्रकमा बाँधेर घिसारियो
काठमाडौं । मेस्किोका एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन् ।
चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जबरजस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् ।
बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए । तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन...












