उदयपुरमा सरकारी मेडिकल कलेजको सम्भाव्यता अध्ययन
उदयपुर, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा मेडिकल कलेज स्थापनाका लागि सम्भाब्यता अध्यायन थालेको छ । अनसनरत डा. गोविन्द केसी र सरकार बीचको सम्झौता अनुसार उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन थालेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको सरकारी कार्यदलले दुुई दिनदेखि त्रियुुगा नगरपालिका क्षेत्रको स्थलगत सम्भाव्यता अध्ययन...













