‘देशमा प्रजातन्त्रको अनुभूति भएन’ : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं-पूर्व राजा ज्ञानेन्द्र शाहले आम नागरिकमा लामो समयदेखि राज्यका बिभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता रहेको भन्दै प्रजातन्त्रको अनुभूति अझै आम नेपालीले गर्न नपाएको जिकिर गर्नु भएको छ ।
६९ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा सोमबार साँझ एक शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राष्ट्रप्रतिको निष्ठामा आएको ह«ास, प्रत्येक युवामा देश छाड्ने आतुरता, नागरिकको मनमा उत...







