उदयपुरका किसानलाई धानको व्याड राख्न चटारो, कृषकलाई धानको विउ वितरण
उदयपुर । केही दिनदेखि पानी परेसँगै उदयपुर जिल्लाका किसानहरुलाई धानको (बीउ) व्याड राख्न चटारो भएको छ । गत वर्षको तुलनामा यस वर्ष समयमै पानी पर्न थालेपछि यस जिल्लाका किसानहरुलाई धानको बीउ राख्न भ्याई नभ्याई भएको हो ।असार लाग्दै रोपाई शुरु हुने उदयपुरमा धानको बीउ राख्न अकाशबाट पानी परेपछि किसानहरुले अहिलेको समय फलदायी रहेको बताएका छन् । गत बर्षहरुमा धानको बीउ राख्न असार कुर्नुपथ्र्यो अहिले जेठमै बीउ ...












