सुखिलाल चौधरी, उदयपुर । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।

उदयपुरको चार नगरपालिका र चार गाउँपालिका गरी ३ अर्ब ५८ करोड ४९ लाख बजेट पाएका छन् । चार वटा नगरपालिकामा २ अर्ब २५ करोड १७ लाख बजेट विनियोजन भएको छ भने गाउँपालिकामा १ अर्ब ३३ करोड ३२ लाख विनियोजन भएको छ ।

उदयपुरमा सवैभन्दा बढी त्रियुगा नगरपालिकामा बजेट विनियोजन भएको छ । नगरपालिका मध्ये सवैभन्दा कम बेलका नगरपालिकामा बजेट विनियोजन भएको छ । गाउँपालिका मध्ये सवैभन्दा बढी उदयपुरगढीमा बजेट विनियोजन भएको छ भने सवैभन्दा कम लिम्चुङबुङ गाउँपालिकामा बजेट विनियोजन भएको छ ।

उदयपुरमा कुन पालिकामा कति बजेट ?

त्रियुगा नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत २२ करोड २५ लाख र सशर्त अनुदान शिर्षक अन्तर्गत ५२ करोड ८० लाख, विशेष अनुदान २ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड ५३ लाख गरी ७९ करोड ७ लाख विनियोजन भएको छ । गत वर्षको तुलनामा २० करोड बढी हो ।

बेलका नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १३ करोड ८३ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २९ करोड ४ लाख, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ २ करोड ८ लाख गरी ४८ करोड २७ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा १६ करोड बढी हो ।

चौदण्डीगढी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १५ करोड ६ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३१ करोड ९३ लाख र विशेष अनुदान तर्फ १ करोड २५ लाख गरी ४८ करोड २४ लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेट मध्ये बेलका नगरपालिकाको बजेटको तुलनामा ३ करोड कम हो । चालु आर्थिक वर्षको भन्दा करिव ९ करोड बढी हो ।

कटारी नगरपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ११ करोड ५५ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत ३८ करोड ४ लाख गरी ४९ करोड ५९ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा ९ करोड ६५ लाख मात्रै बढी हो ।

उदयपुरगढी गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १६ करोड ४ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २५ करोड ४३ लाख गरी ४१ करोड ४७ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको भन्दा ८ करोड ३६ लाख मात्रै बढी हो ।

ताप्ती गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ७ करोड ९४ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १६ करोड ४६ लाख, विशेष अनुदान तर्फ १ करोड ३७ लाख र समपुरक अनुदान पुँजीगत तर्फ ५६ करोड गरी २६ करोड ३३ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा ६ करोड ६० लाख बढी हो ।

रौतामाई गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत १० करोड १९ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत २५ करोड ६७ लाख, विशेष अनुदान तर्फ १ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ २ करोड ४८ लाख गरी ३९ करोड ८३ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा १२ करोड १५ लाख बढी हो ।

लिम्चुङबुङ गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शिर्षक अन्तर्गत ७ करोड ३२ लाख, सशर्त अनुदान शिर्षक अन्तर्गत १४ करोड ६३ लाख, विशेष अनुदान तर्फ २ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड २५ लाख गरी २५ करोड ६९ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा ७ करोड २४ लाख बढी हो ।

कुन प्रदेश  र स्थानीय तहले कति बजेट पाए ? 

तपाईको प्रतिक्रिया