उपाध्यक्ष रसाइली पक्षको भ्याकेट निवेदन खारेज, भगतलाई अध्यक्षमा निरन्तता

उपाध्यक्ष रसाइली पक्षको भ्याकेट निवेदन खारेज, भगतलाई अध्यक्षमा निरन्तता
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतलाई अध्यक्षकै हैसियतमा कामकाज गर्ने दिएको उच्च अदालत विराटनगरको अन्तरिम आदेश खारेजीको माग राख्दै प्रथम उपाध्यक्ष रमेश रसाइली, द्वितिय उपाध्यक्ष हस्तमाया राई सहितले दिएको भ्याकेट निवेदन खारेज भएको छ ।न्यायाधीशहरू राजन कुमार भट्टराई र किरण कुमारी गुप्ताको संयुक्त इजलासले हस्तमाया राई सहितका भ्याकेट निवेदनहरूमाथि एकमुष्ट सुनुवाइ गर्दै अ...

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प गयो

उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प गयो
काठमाडौँ । उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

कृषला हत्या प्रकरण : प्रमाण नष्ट गरी दोषीलाई उन्मुक्ती दिन खोजिएको त होइन ?

कृषला हत्या प्रकरण : प्रमाण नष्ट गरी दोषीलाई उन्मुक्ती दिन खोजिएको त होइन ?
उदयपुर । त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय बालिका कृषला चौधरीको बलात्कारपछि हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कानूनी कारबाही गर्न उदयपुरका थारु संघ संस्थाले माग गरेको छ । बालिकाको शव फेला परेको साता दिन विति सक्दा पनि सत्य, तथ्य विवरण सार्वजनिक गर्न ढिलाई भईरहेकोले कतै प्रमाणहरु ढाँक छोप तथा प्रमाण नष्ट गरी दोसीलाई उन्मुक्ती दिन खोजिएको त छैन भन्दै बुधबार थारु कल्याणकारिणी सभा सहितका ...

कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबारआज बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा तान्ने र घिसिङलाई प्राधिकरणको कार्यकारी नि...

अन्तरिम आदेश खारेज गर्न उच्च अदालतद्वारा अस्वीकार

अन्तरिम आदेश खारेज गर्न उच्च अदालतद्वारा अस्वीकार
उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र कुमार भगतलाई उच्च अदालत विराटनगरले अध्यक्ष कै हैसियतमा कामकाज गर्न यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गर्न अस्वीकार गरेको छ । उच्च अदालत विराटनगर स्रोतका अनुसार न्यायाधीशद्वय यमुना भट्टराई र मिलन कुमार राईको संयुक्त इजलासले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका उपाध्यक्ष हस्तमाया राई, प्रथम उपाध्यक्ष रमेश रसाइली , जिल्ला प्रशासन कार...

उदयपुरमा चिनियाँ मोबाइलसहित दुई भारतीय पक्राउ

उदयपुरमा चिनियाँ मोबाइलसहित दुई भारतीय पक्राउ
उदयपुर । कर छलेर ल्याएको इलेक्ट्रोनिक्स तथा फेन्सी सामग्रीसहित दुई भारतीय व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामानसहित नियन्त्रणमा लिइएका व्यापारीहरु भारत बिहार सीतामढीका ३५ वर्षीय रामेश्वर सहनी र ३२ वर्षीय रमेश सहनी हुन् । आइतबार दिउँसो २ बजेतिर त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चेक पोष्टले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई सिरहाबाट गाईघाटतर्फ आउँदै गरेको को १ ज ३४४१ नम्बरको विङ...

उदयपुरमा रुखले किचेर एक महिलाको मृत्यु, पाँच जना घाइते

उदयपुरमा रुखले किचेर एक महिलाको मृत्यु, पाँच जना घाइते
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी झरना नजिकै शनिबार रुख लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका ४ की ३८ वर्षिय निशा मगर दनुवार रहेकी छिन् । रुखले किचेर श्रीमान श्याम दनुवार सहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार हुँदैछ । मकिएको रूख एकासी लडेकोले प्रहरीले जनाएको छ । अधेरी झरना नजिक पार्किङ गर्न राखेको प्र.२-०१-००१ ह ०५६० नम...

कबुलियत वन फिर्ता गराउन ललितपुरकी सांसदलाई चासो, जिल्लाका प्रतिनिधि अझै बोलेन

कबुलियत वन फिर्ता गराउन ललितपुरकी सांसदलाई चासो, जिल्लाका प्रतिनिधि अझै बोलेन
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ मा कबुलियत वन बनाउने निर्णय फिर्ता गर्न प्रतिनिधि सभामा माग उठेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा जनता समाजवादी पार्टी नेपालका समानुपातिका सांसद ललितपुर महानगरपालिका–१३ कि लीलादेवी सिटौला (गौतम)ले बेलका नगरपालिकाको सिफारिसमा केपी ओली सरकारले कबुलियत वन बनाउन गरेको निर्णयले गरिव, विपन्न जनताको उठिबास हुने भएकोले फिर्ता हुनु पर्ने माग गरेकी छिन् ।सांसद सिटौलाले...

बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुने

बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुने
बेल्टार । बेल्टार क्षेत्रमा बिहीबार दिनभर विद्युत अबरुद्ध हुनेभएको छ । नेपाल विद्युत प्राधिकरण बेल्टार शाखा बेल्टारले नियमित मर्मत गर्न विद्युत बन्द गर्ने भएको हो । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र अन्तर्गत रहेको प्रशाखा बेल्टारले बुधबार एक सूचना जारी गरी श्रावण २१ गते विहीबार विहान ७ः०० बजेदेखी बेलुका ६ः०० बजेसम्म विद्युत अबरुद्ध हुने जनाएको छ । बेल्टार बजार स्थित बि.पी.चौकको ११ क...

उदयपुरगढी गाउँपालिकामा ठूला योजना कार्यान्वयनमा ल्याईने

उदयपुरगढी गाउँपालिकामा ठूला योजना कार्यान्वयनमा ल्याईने
उदयपुरगढी । उदयपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा संचालित योजनाहरुको बार्षिक समिक्षा सम्पन्न गरेको छ । गाँउपालिकाका अध्यक्ष मान बहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पूर्ण गाँउसभा सदस्य तथा विभागिय प्रमुखहरुको उपस्थितीमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा जनप्रतिनीधिहरुले चार बर्षसम्म गरेको विकास निर्माणका कार्यहरुको लेखा जोखा गरेका थिए । जनप्रतिनीधिहरुले पालिका सम्हा...