एनसेल कर छुट प्रकरणमा सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्न माग

एनसेल कर छुट प्रकरणमा सर्वोच्चका न्यायाधीशविरुद्ध महाअभियोग दर्ता गर्न माग
काठमाडौं । एनसेललाई कर ठगीमा साथ दिने न्यायधीशहरुमाथि महाअभियोगको प्रस्तावबारे सांसदहरुले दबाब दिन थालेका छन् । प्रतिनिधिसभाका सदस्य मोहन बानियाले एनसेल प्रकरणको फैसलामा घोटला भएको भन्दै न्यायाधिशलाई महाअभियोग लगाउनुपर्ने प्रस्ताव गरेका छन् । मंगलबार संसदको शुन्य समयमा बोल्दै सांसद बानियाँले न्यायलयले आफ्नो क्षेत्राअधिकार मिच्दै आएको आरोप लगाए। उनले भने, ’न्याय क्षेत्र, जसलाई हामी रक्षक...

नेकपा प्रदेश २ जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप

नेकपा प्रदेश २ जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप
जनकपुर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश २ जिल्ला कमिटीको स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गर्न लागिएपछि झडप भएको छ । मंगलबार महोत्तरीको बर्दिबासमा स्थगित गरिएको सपथ ग्रहण समारोह फेरि आयोजना गरिएपछि प्रदेश २ को ८ वटै जिल्लाका सन्तुष्ट र असन्तुष्ट पक्षबीच झडप भएको हो । नेकपाका शीर्ष नेताहरूले सक्रिय कार्यकर्ताहरूभन्दा आफ्ना नजिकका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर जिल्ला पदाधिका...

रवि लामिछाने प्रकरण : प्रमाण नभेटे शंकाको घेरामा प्रहरी

रवि लामिछाने प्रकरण :  प्रमाण नभेटे शंकाको घेरामा प्रहरी
काठमाडौं / कुनै पनि व्यक्तिविरुद्ध उजुरी दर्ता हुँदैमा प्रहरीले मुद्दा चलाउनुपर्छ कि पर्दैन ? नयाँ मुलुकी अपराध संहिताअनुसार जाहेरी दर्ता भएपनि जाहेरीमा दाबी गरिएअनुसार प्रमाण नभेटेमा प्रहरी आफैंले सो मुद्दा मुल्तबीमा राख्न सक्ने व्यवस्था गरेको छ । अनुसन्धानका क्रममा उनीहरुविरुद्ध कुनै पनि प्रमाण फेला पार्न सकेन । पर्याप्त प्रमाण फेला पार्न नसकेपछि आरोपीहरुलाई तारेखमा छाडेर प्रहरीले थप ...

निजामती दिवसमा ४८ जना सम्मानित

निजामती दिवसमा ४८ जना सम्मानित
उदयपुर / निजमती सेवा दिवसको अवसरमा आईतबार उदयपुरमा विभिन्न बिद्याबाट जिल्ला न्यायाधिशसहित ४८ जनालाई सम्मान तथा पुरस्कृत गरिएको छ । निजामती सेवा दिवस मुल समारोह समिति र निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् । समितिले सर्वोत्कृष्ट कर्मचारीकोरुपमा जिल्ला प्रशासन कार्यालयका सहयोगी मिनबहादुर मगरलाई घोषणा गर्दै नगद ५ हजार र प्रम...

त्रियुगामा नगर देखि घर-घरसम्म लागु औषध विरुद्धको अभियान सुरु (फोटो फिचरसहित)

त्रियुगामा नगर देखि घर-घरसम्म लागु औषध विरुद्धको अभियान सुरु (फोटो फिचरसहित)
उदयपुर / त्रियुगा नगरपालिकाले लागु औषध विरुद्धको तीन महिने अभियान सुरुको घोषणा गरेको छ । त्रियुगा नगरपालिकाको “अपराध रहित समाज निर्माणका लागि, नगदेखि घर–घर” भन्ने मुल नाराको साथ शुक्रबार अभियानको घोषणा भएको हो । त्रियुगा नगरपालिका र समुदाय प्रहरी साझेदारीको आयोजना तथा नागरिक समाज, पत्रकार, गैसस महासंघ, त्रियुगा उद्योग बाणिज्य संघ र म अघि बढ्छु सगमाथा टिम्स क्लव प्रदेश सरकार सहकार्यमा ...

उदयपुरका एक वडाध्यक्ष २ दिनका लागि जेल चलान

उदयपुरका एक वडाध्यक्ष २ दिनका लागि जेल चलान
उदयपुर / उदयपुरका एक वडाध्यक्ष २ दिनका लागि बुधबार जेल चलान भएका छन् । फरार प्रतिवादीको सूचीमा रहेका चौदण्डीगढी नगरपलिका – ९ का वडाध्यक्ष प्रकाश कुमार राउत वन मुद्धामा २ दिनका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत उदयपुरले वन मुद्दामा कैद तथा जरिवाना तोकेको वडाध्यक्ष राउत फरार प्रतिवादीको सूचीमा थिए । २ दिन कैद र २७ हजार १ सय ६८ रुपैयाँ जरिवाना तिर्नुपर्ने अदालतले फैसला गरेको थियो । कैद र जरि...

मदन भण्डारीको सम्झनामा बृक्षारोपण

मदन भण्डारीको सम्झनामा बृक्षारोपण
उदयपुर । तत्कालिन नेकपा एमालेमा महासचिब जननेता मदन भण्डारीको सम्झनामा उदयपुरमा बुधबार बृक्षारोपण गरिएको छ । नेपाल नेत्रज्योति संघ उदयपुरद्धारा सञ्चालनको तयारीमा रहेको मदनभण्डारी आँखा अस्पताल परिषरमा स्व. भण्डारीको नाममा पुर्वसहरी विकास राज्य मन्त्री, प्रतिनिधिसभा सदस्य एवंम नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य मन्जुकुमारी चौधरीले मलेसियनसालको विरुवा रोपेकी हुन् । चौधरीसँगै जिल्लाका रा...

त्रियुगा नगरपालिका भित्र पनि फौजी किराको प्रकोप

त्रियुगा नगरपालिका भित्र पनि फौजी किराको प्रकोप
उदयपुर । अमेरिकन फौजी किरा त्रियुगा नगरपालिकामा पनि फैलिएको छ । त्रियुगा नगरपालिका ७ कालीखोला पाखा टोलका करिव ६ विगहा क्षेत्रफलमा फौजी किराको प्रकोप देखा परेको छ । फौजी किराको प्रकोप महाभारत क्षेत्रमा पनि यसअघि देखा परेको थियो । पाँच साताअघि सुरु भएको फौजी किराको प्रकोप नियन्त्रणमा आउन सकेको छैन । त्रियुगा नगरपालिका ७ स्थित कालीखोला पाखा टोलका करिव डेढ दर्जन किसानको मकैमा फौजी किराको प्रकोप ...

अदालतको फरार प्रतिवादीको सूचीमा उदयपुरका एक वडाध्यक्ष

अदालतको फरार प्रतिवादीको सूचीमा उदयपुरका एक वडाध्यक्ष
उदयपुर । उदयपुरका एक वडाध्यक्ष २ दिन कैद र ६ हजार १ सय ६६ रुपैया जरिवाना तिर्न बाँकी देखिएपछि फरार प्रतिवादीको सूचीमा परेको छ । चौदण्डिगढी नगरपालिका–९ का वडाध्यक्ष प्रकासकुमार राउत जिल्ला अदालत उदयपुरको फरार प्रतिवादीको सूचीमा रहेको रहस्य खुलेको छ । वन मुद्दामा फरार प्रतिवादी राउतले २ दिन कैद २७ हजार १ सय ६८ रुपैया जरिवाना तिर्नुपर्ने अदालतले फैसला गरेको देखिएको हो । तत्कालिन नेकपा एमालेबाट व...

चिनियाँ ह्याकरहरुले लुटे डेढ करोड नेपालीको रुपैया

चिनियाँ ह्याकरहरुले लुटे डेढ करोड नेपालीको रुपैया
काठमाडौं। नक्कली एटीएम कार्डको प्रयोग गरी विभिन्न बैंकको करोडौं रकम निकाल्ने कार्यमा संलग्न ५ चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी परीसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । शनिबार राजधानीको दरबारमार्गस्थित नबिल बैंकको एटीएम बुथमा विदेशी जस्तो देखिने एक व्यक्तिले शंकास्पद गतिविधि गरिरहेको भन्ने सूचना प्रहरीसम्म...