उदयपुरमा आजबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु
उदयपुर । लैङ्कि हिंसाविरुद्धको १६ दिने अभियानमा उदयपुरका ८ वटा स्थानीय तहमा ८३ वटा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
आईतबारबाट सुरु भएको अभियानको पहिलो दिन जिल्ला समन्वय लैङ्कि हिंसाविरुद्धको १६ दिन अभियान जिल्ला समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलन र सोमबार प्रभातफेरी, आधुनिक दासत्व मानव वेचविखन र वैदेशिक रोजगार सम्बन्धी सडक नाटक रहेको छ । १६ दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम सबैभन्दा बढ...













