ह्वावेले आफ्नो पहिलो फाइभ जी फोल्डेबल फोन मोबाइल वल्र्ड कंग्रेसमा सार्वजनिक गर्दै
काठमाडौं, चिनियाँ प्रविधि कम्पनी ह्वावेले फाइभ जी मल्टीमोड चिपसेट बलोङ ५००० र पहिलो कमर्सियल फाइभ जी डिभाइस ह्वावे फाइभ जी सीपीई प्रो सार्वजनिक गरेपछि बार्सिलोनामा आयोजना हुन गइरहेको आगामी मोबाइल वल्र्ड कंग्रेस–एमडब्लुसी २०१९ मा पहिलो फाइभ जी फोल्डेबल फोन सार्वजनिक गर्दैछ ।
आधिकारिक स्रोतका अनुसार बलोङ ५०००ले एउटै चीपमा टु जी, थ्री जी, फोर जी तथा फाइभ जी सपोर्ट गर्दछ। यसले प्रभावकारी रूपमा एउटा म...












