सुखिलाल चौधरी, उदयपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जिल्लाबाट संचालन हुने साना तथा ठूला सवारी साधनहरुको चालकको ब्लड प्रेसर कस्तो छ ? आँखा कमजोर छ छैन लगायतको स्वास्थ्यको चेक जाँच गरेको थियो । आइतबार ट्राफिक पोष्ट जलजलेमा ७० वटा सवारी साधन चालकको ब्लड प्रेसर र ६० जना चालकको आँखाको चेक जाँच गर्नुको साथै सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर, इलाका प्रहरी कार्यालय जलजले, यातायात व्यवस्था सेवा सेवा कार्यालय गाईघाट, आँखा अस्पताल गाईघाटको संयुक्त आयोजनामा जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारी साधनको ७० चालकको ब्लड प्रेसर जाँचमा २१ प्रतिशतमा प्रेसर हाई देखियो भने १६ प्रतिशत चालकमा प्रेसर कम देखयो । यस्तै ६० जना चालकको आँखाको जाँचमा ७ प्रतिशत चालकको आँखा कमजोर भएको देखायो । आँखा चेक जाँचको क्रममा रंगहरुको बारेमा जानकारी गराउनुको साथै बाटो पत्ता लगाउने, अंक चिन्न लगाउने समेत गरिएको थियो ।


चेक जाँचको क्रममा कोही कोहीले विहानै मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको भेटियो । नेपालटार–मुर्कुची–गाईघाट चल्ने बसको कागजपत्र समेत फेल भएको भेटियो भने सवारी साधनको नम्बर प्लेट नभएको, सेल्फ विग्रेको, प्रदुषण जाँच पास वर्षौदेखि फेल भएको लगायतको समस्या समेत भेटिएको देखियो ।
यस्तै साना सवारी साधन अटो रिक्साले आफु खुशी भाडा लिएको देखियो । भने केही अटो रिक्साका चालकले एका विहानै मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको समेत फेला परेको थियो ।
यस्तै चालक देव बहादुर खड्काले सवारी साधनको प्रत्यक्ष अनुगमन र चालकहरुको स्वास्थ्य चेक जाँच अति नै उत्तम रहेको बताए । उनले प्रत्येक तीन तीन महिनामा यातायात व्यवसायी संघ संगठनहरु नै अग्रसर भएर आयोजना गर्नु पर्ने बताए । उनका अनुसार उदयपुर जिल्ला ट्राफिक प्रहरीको बेला बेलामा गरेको सचेतनामूलक कार्यक्रम र चालकको स्वास्थ्य चेक जाँच कार्य उत्तम रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीका अधिकांश सार्वजनिक यातायातको सवारी साधन दुर्घटना हुने गरेको पाईएपछि चालकहरुको ब्लड प्रेसर कस्तो छ ? आँखा कमजोर छ कि छैन ? सवारी साधनको अवस्था कस्तो छ ? लगायत चेक जाँच गरेको बताए । उनका अनुसार केही चालकहरुको ब्लड प्रेसर हाइ र आँखाको दृष्टि कमजोर भएको कारणले दुर्घटना भएको तथ्याङ्कले देखाएकोले यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको बताए । यस किसिमको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने इन्चार्ज चौधरीले बताए ।


यस्तै आँखा अस्पताल बोक्सेका प्राविधिक अर्विन्द कुमार साहका अनुसार सात प्रतिशतमा आँखाको कमजोरी देखियो भने १५ जनामा विहान विहानै ब्लड प्रेसर हाई देखियो भने ११ जनामा ब्लड प्रेसर कम भएको देखियो । चेक जाँचको क्रममा चालकहरुले पाँच मिटरको फरकमा रहेको ठूलोदेखि सानो अंक राम्ररी देख्न नसक्नु, विभिन्न रंगहरु पत्ता लगाउन नसक्नु, बाटो स्पष्ट पत्ता लगाउन नसक्नु यस्ता चालकहरुले चलाएको सवारी साधन दुर्घटनाको जोखिम बढ्न सक्ने चिकित्सहरुको भनाई रहेको छ । ७ प्रतिशत आँखा कमजोरी भएका चालकलाई चस्मा लगाएर सवारी साधन चलाउन अनुरोध गरेका थिए भने ब्लड प्रेसर भएका विरामीलाई प्रेसर कम गर्ने खालको खाने कुरा खान अनुरोध गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया