उदयपुरमा ३२ हजार बढी बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
उदयपुर । उदयपुरमा आज र भोली ५ महिना देखि पाँच वर्षसम्मका ३२ हजार ८ सय ६९ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।
६ महिनादेखि ५९ महिनाको बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश ...













