लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने क्रममा बालकको मृत्यु

लिङ्गको टुप्पो माथिको बाहिरी छाला काटिने क्रममा बालकको मृत्यु
गौशाला । महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका–५ बस्ने आशिक शेषका दुईमहिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गर...

रोकियो ‘वंशजको आधारमा नागरिकता’, गृहको सर्कुलर रोक्न सर्वोच्चको अन्तरिम आदेश

रोकियो ‘वंशजको आधारमा नागरिकता’, गृहको सर्कुलर रोक्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं : वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ। वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा सर्कुलर गरेको थियो। गृह मन्त्री रामबहादुर थापाको एकल निर्णय अनुरुप गरिएको उक्त सर्कुलर संविधान र नेपाल नागरिकता...

महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्ने : डा. कोइराला

महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्ने : डा. कोइराला
उदयपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले २०७६ सालको फागुन भित्रमा १४ औ महाधिवेशन हुन नसके पार्टीको अस्तित्व नै सङ्कटमा पर्न सक्ने खतरा रहेको बताएका छन् । जीपी कोईराला फाउण्डेशनको सोमवार गाईघाटमा उदयपुर जिल्ला कार्यालय उद्घाटपछि आयोजित सभालाई सम्बोधन गर्दै कोइरालाले आगामी महाधिवेशनबाट पार्टीको केन्द्रिय नेतृत्व परिवर्तन गर्ने निश्चित भएको देखेपछि महासमितिको बैठकबाट भएका निर्णयस...

४० हजार घुससहित मालपोतका नासु पक्राउ

४० हजार घुससहित मालपोतका नासु पक्राउ
सप्तरी । सप्तरीको राजविराजमा ४० हजार घुस सहित एक जना नायव सुब्बा पक्राउ परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । मोही जग्गाको बाँडफाँड गरी लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीबाट खटिएको टोलीले मण्डललाई ४० हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो...

३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकताको प्रमाणपत्र वितरण

३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकताको प्रमाणपत्र वितरण
उदयपुर । उदयपुरमा ३४ फरक क्षमता भएका व्यक्तिहरुलाई नागरिकता प्रमाणपत्र वितरण गरेको छ । उदयपुरगढी ३ बर्रेको पहलमा इलाका प्रशासन कार्यालय कटारीले १ दिने नागरिकता शिविर संचालन गरेको थियो । शिविरमा २६ महिला र ८ पुरुष गरी ३४ जना फरक क्षमताका व्यक्तिहरुलाई नागरिकता वितरण गरिएको इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलले जानकारी दिए । उनले भने, ‘फरक क्षमता भएका व्यक्तिहरु कटारीमा आई नागरिकता ...

सप्तरीमा कटुवा पेस्तोलसहित एक पक्राउ

सप्तरीमा कटुवा पेस्तोलसहित एक पक्राउ
सप्तरी । सप्तरीको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई चैत्र २२ गते पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ बर्षिय रमेश कुमार मण्डल छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भ...

माैसम अझै तीन दिन नखुल्ने : सचेत रहन मौसम विद्हरुको अपिल !

माैसम अझै तीन दिन नखुल्ने : सचेत रहन मौसम विद्हरुको अपिल !
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भु–भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको सम्भावना देखिएको छ । त्यसै गरि आज राति देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी र मध्य भू–भागका थोरै स्थानमा र पश्चिमि भु–भागका १–२ स्थानहरुमा मेघ गर्जनका साथ वर्षाको सम्भावना ...

उदयपुरमा लागूऔषध सहित दुई युवा पक्राउ

उदयपुरमा लागूऔषध सहित दुई युवा पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीले चेक जाँचको क्रममा स.६ प ९३५५ नम्बरको मोटर साइकल सहित दुई जना युवा पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १२ बस्ने २३ वर्षिय विष्णु तामाङ र वडा नं. १ बस्ने १८ वर्षिय आषिस चौधरीलाई प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको छ । उनीहरुको साथबाट नोर्फिन १५ एम्पुल , डाईजोल्याप १७ एम्पुल र फेनारगन १६ एम्...

त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान

त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको एक तथ्यंकले देखाएको छ । नगरपालिकाले अव्यवस्थिततवरले ऐलानी जमिनमा बसोबास गर्नेलाई व्यवस्थापन गर्नको लागि आव्हान गरेको आवेदन एक महिनामै १८ हजार ४ सय २२ वटा निवेदन दर्ता भएपछि ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको खुल्न आएको छ । नगरपालिका राजश्व शाखा प्रमुख गुरु ढकालले एक महिना भित्र यति धेरै निवेदन ...

मंगलम हेल्थ केयर सेन्टरको चरम लापरवाहीले एकको मृत्यु

मंगलम हेल्थ केयर सेन्टरको चरम लापरवाहीले एकको मृत्यु
राजेन्द्र महोत, लहान । सिरहाको मिर्चैयास्थित मंगलम् हेल्थ केयरको चरम लापरवाहीको कारण एक व्यक्तिको मृत्यु भएको छ । हेल्थ केयरको लापर्वाहीका कारण सिरहा मिर्चैया ९ का ५० वर्षीय शिवजी महतोको मृत्यु भएको हो । विष सेवन गरेर हतारमा उपचार गर्न हेल्थ केयर सेन्टर पुगेका महतोको उपचारमा कमी भइरहेको महसुस हुन थालेपछि थप उपचारको लागि अन्यत्र लैजान हेल्थ केयरका चिकित्सक शम्भु साहलाई बारम्बार अनुरोध गर्दा समेत ड...