काठमाडौं । चितवनमा आक्रमण घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ ।
अज्ञास समूहको आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको सुरक्षाको कारण देखाउँदै उनलाई काठमाडौं रेफर गरिएको हो । आक्रमणबाट शाहीको टाउँकोमा चोट लागेको छ ।
सोही कार्यक्रममा सहभागि हुन गएका शाही चढेको गाडिमाथि पूर्वमाओवादी निकट वाईसीएलले शाहीलाई निर्घात कुटपिट गरेको नेपालका लागि नेपाली अभियानका संयोजक वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जानकारी दिए । वरिष्ठ अभिवक्ता भण्डारीले वाईसीएलको आक्रमणबाट अन्य पाँच जनासमेत घाइते भएको बताए ।
https://www.facebook.com/1828150850557308/videos/402398663646298/
घाइते हुनेमा बाबुराम र प्रचण्डलाई हेग पुर्याउने चेतावनी दिने पूर्वबाल लडाकु लेलिन विष्ट, अभियन्ता ज्योति हमाल लगायत अन्य तीन जना रहेको भण्डारीले जानकारी दिए ।
घाइते विष्ट काठमाडौँ फर्किएका छन् भने अन्य घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने बताइएको छ । ज्ञानेन्द्र शाहीमाथि यसअघि पनि अक्रामण भएको थियो ।
शाही कुटिएपछि सामाजिक सञ्जालमा सो घटनाप्रति चर्को आलोचना भइरहेको छ । राप्रपा राष्ट्रवादीका अध्यक्ष एवं प्रकाशचन्द्र लोहनीले शाहीमाथिको आक्रमण फासिष्ट प्रवृति भएको बताएका छन् ।
ज्ञानेन्द्र सहि भ्रस्टाचार बिरोधि देस भक्त नेपाली नागरिक हुन्। उनि माथि जुन सांघातिक प्रहर गर्ने क्रिया भयो त्यो फासिस्ट अरंगले प्रबृत्ति हो. यसको बिरुद्ध सबै दल मा रहेका युवा हरुले बिरोध गर्न अब पछि हट्नु हुदैन
— Dr. Prakash C Lohani (@PCLohani) September 28, 2019
उनले ट्विटर मार्फात ट्युट गर्दै भनेका छन् , ‘ज्ञानेन्द्र शाही भ्रस्टाचार विरोधि देशभक्त नेपाली नागरिक हुन् । उनीमाथि जुन सांघातिक प्रहार गर्ने क्रिया भयो त्यो फासिस्ट, अरिङगाले प्रवृत्ति हो । यसको बिरुद्ध सबै दलमा रहेका युवा हरुले विरोध गर्न अब पछि हट्नु हुदैन ।’
ज्ञानेन्द्र सहि भ्रष्टाचार बिरोधी देस भक्त नेपाली नागरिक हुन् । उनि माथि जुन सांघातिक प्रहर गर्ने क्रिया भयो, त्यो फासिस्ट अरंगले प्रबृत्ति हो.। यसको बिरुद्ध सबै दलमा रहेका युवाहरुले बिरोध गर्न अब पछि हट्नु हुदैन ।
देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आइरहेको नेपालका लागि नेपाली अभियानले चितवनको भरतपुर चौविसकोठीमा शनिबार भ्रष्टाचार विरोधी कार्यक्रमको आयोजना गरेको थियो ।
शाहीलाई नेकपाको युवा संगठनले चितवन प्रवेशमा रोक लागाएको थियो । चितवनको भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल मेयर छिन् ।









