चितवन । आफूलाई भ्रष्टाचारको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीमाथि शनिबार दिउँसो भरतपुरमा आक्रमण भएको छ । शाहीले चौबिसकोठी चौतारोमा कार्यक्रम गर्न खोज्दै थिए ।
कार्यक्रम सुरू हुनुभन्दा अघि उनी बसेको ग्लोबल होटलमा नै उनीमाथि आक्रमण भएको थियो । शाहीको टाउकोमा चोट लागेको छ ।
चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।शाहीलाई यति एयरलाइन्स मार्फत अपरान्ह ३ः४० बजेका फ्लाईट मार्फत काठमाडौं लागिएको हो ।
ज्ञानेन्द्र शाहीप्रति सत्तारूढ दल निकट युवा विद्यार्थी रुष्ट छन ्। नेकपा निकट युवा विद्यार्थीले उनलाई कार्यक्रम गर्न नदिने बताउँदै आएका छन् ।
युवाहरुले चितवनलाई राजनितिक अखडा बनाउन पाइँदैन भनेर उनीमाथि हातपात गरेका हुन् । उनीहरुले शाहीको कार्यक्रमको स्टेज भत्काइदिएका छन् भने ब्यानर पनि च्यातेर फालिदिएका थिए ।

तपाईको प्रतिक्रिया