- देवी पराजुली

आऊ है दाजु तिम्रै तस्विर छोएर बसेकी छु ,
तिम्रै यादले दिपावलीमा रोएर बसेकी छु ।
तिमी विना खल्लो भयो पोहोरको तिहार त ,
यो पाली त मखमली माला जोडेर बसेकी छु ।
शुरू भयो देउसीभैली बस्ती झिलिमिली सबै
नाङ्लो भरी दान दक्षिणा बोकेर बसेकी छु ।
शरदको दिनै उज्यालो औंशी कालो भए पनि,
दीर्धायुको बत्ती बाल्न सोचेर 💔 बसेकी छु ।
पुनर्मिलन हुन्छ सबको तिमी पनि चाडै आऊ,
रमाइलो गाउँ सम्झी शहर छोडेर बसेकी छु ।
 साभार : देवी पराजुली फेसबुकबाट

तपाईको प्रतिक्रिया