
डा.बद्रीविशाल पोखरेल
ओली सरकारले ऐतिहासिक दातृ सम्मेलन यही चैत्र १४ गतेदेखि गर्दैछ । यसलाई सफल बनाउन लागि सरकार गम्भीर प्रयत्नमा लागिरहेको बखत नेकपा विप्लव समूहले अरुण जलविद्युत आयोजनाका महत्वपूर्ण उपकरण ध्वस्त पार्ने ,टेलिफान टावरमा आगजनी गर्ने,चन्दा आतंकका नाममा निजी उद्यम र उद्योग व्यवसायी तथा प्रतिष्ठित व्यक्तित्वहरुलाई मात्र होइन सर्वसाधारणहरुको समेत हत्या गर्ने सम्मका चरम आतङ्ककारी तथा आततायी गतिविधि बढाइरहेको देखिन्छ ।
यो भनेको सानोतिनो र चानचुने कुरा होइन । नेपाल जस्तो मुलुकमा वैदेशिक लगानी अपरिहार्य हुन्छ । यो लगानी सम्मेलन ऐतिहासिक अवसर हो । यो असफल हुँदा यो सरकार त असफल हुन्छ हुन्छ र देश पनि असफलताको गर्तमा जाकिन्छ ।
यो कुरा १५ वर्ष सम्म पार्टी प्रमुख भएका र प्रधानमन्त्री भएका वरिष्ठ नेता माधव नेपालले नबुझ्ने कुरा होला जस्तो लाग्दैन । तर बुझीबुझी बुझ पचाए जस्तो यस लेखकलाई लागेको छ ।
विप्लव पार्टीसित सरकार गठित कार्यदलका संयोजक माननीय सभासद् सोम प्रसाद पाण्डे संयोजक रहेको वार्ता समितिले विप्लव पार्टीका बुद्धिजीवी गुणराज लोहनी मार्फत् सहजीकरण गर्न आग्रह गरेको यथार्थ सत्य जगजाहेर भएको छ ।
लोहनीकै आग्रहमा वार्ताको अनुकूल र सहज वातावरण बनाउन विप्लव पार्टी नेताहरु खड्गबहादुर विश्वकर्मा,उमा भुजेल,मोहन कार्की र पदम राई लगायतलाई सरकारले थुनामुक्त पनि ग¥यो ।
अनि पत्रसहित वार्तामा आउन गरेको आग्रहलाई विप्लव पार्टीले अस्वीकार गरेको देखिन्छ । यस्तो यथार्थ र वास्तविकता हुँदाहुँदै माधव नेपाललाई चाहिँ सरकारले विप्लवलाई वार्तामा पत्र सहित नबोलाएको भन्ने कुरा कसरी थाहा भयो ? ओलीको विश्वास नलागे आफ्नै सम्धी पाण्डेलाई सोद्धा भयो नि ।
वार्ता समितिले विप्लव समूहलाई राजनीतिक भनिएको अवस्थामा एकाएक प्रतिवन्ध लगाएको र यसले पार्टी र सरकारको छवि धुमिल भएको भनेर नेपालले गम्भीर चिन्ता गरेको पत्रिकामा प्रकाशित छ ।
माधव कमरेड, कुनै पनि पार्टी सधँै राजनीतिक हुन्छ र ? विप्लव पार्टीले लगानी सम्मेलन विथोल्न जनधनको गम्भीर क्षति र नोक्सानी गर्ने र यसलाई अरु बढावा दिने आतङ्ककारी गतिविधि गरेपछि पनि यस पार्टीलाई राजनीतिक भनिरहन सुहाउँछ कमरेड ?
मन्त्री परिषद्ले मंगलबार विप्लव पार्टीका गतिविधिहरुलाई प्रतिवन्धित गरेपछि नेकपाका केही उपल्ला तहका नेताहरुको निद्रा हराम हुन गएको खबर भाइरल भएको छ । यसमा वरिष्ठहरु नै अग्रस्थानमा देखिन्छन् ।
स्वयं माधव नेपालले सिके राउत सम्बन्धी विषय पार्टी सचिवालयको वैठकमा भएको सरसल्लाहलाई समेत सल्लाह नभएको भन्न्ो पत्रिकामा प्रकाशित देख्दा अचम्म लाग्यो ।
माधव नेपाल लगायत नेताहरुले विप्लवका आतङ्ककारी गतिविधिको कहिले विरोध गरे ? सरकारका सकारहरुलाई बिट मारेर प्रभावशाली रुपमा कतै समर्थन गरेका छन् ? गोयवल्स शैलीको सरकार विरोधी मिडियाका भरमा भ्रमित भएका जनताका भ्रमित विचारलाई आधार मानेर जनता यसै भन्छन् भन्ने केही नेताहरुको बेहोरा देख्दा अचम्म लाग्छ ।
ओली सरकार र पार्टी अध्यक्षहरुका ससाना र झिना मसिना विषयमा बीबीसी नेपाली समाचारमा बुरु
क्क उफ्रिने वरिष्ठ नेताहरु किन सतही वक्तव्यबाजी गर्छन् ?
ओली र प्रचण्डका बीच चिया कपमा तुफान होइन सुनामी सिर्जना गर्न भगीरथ प्रयन्त गर्ने नेताहरु पनि देखिएका छन् । सिके राउत सहमति विषय सन्दर्भमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई राउतसित समान स्थानमा रखेर दाँजे भनेर पनि कोकोहोलो मच्चाइ रहेको देखिन्छ ।
प्रधानमन्त्रीले बोल्दा तौलेर प्रचण्डको साहसको उच्च प्रशंसा गर्नु भएको छ भने राउतलाई भने थोरै भए पनि साहस गरेको स्पष्ट उल्लेख गरिएको पाइन्छ । न पत्याए फेरि एक पल्ट दोहो¥याएर पढे हुन्छ ।
संसारमा साम्राज्यवादीद्वारा पालित पोषित एक हज्जार जति कम्युनिष्ट नामका पार्टीहरु क्रियाशील छन् । हसिया हथौडा झण्डा बोक्तैमा सबै कम्युनिष्ट पार्टी हुँदैनन् कमरेड नेपाल ?
भmण्डा,नारा र कथित नीति हेरेर होइन उसका कृत्य हेरेर पार्टी पहिचान छुट्याउनु पर्छ ।
विप्लव पार्टी त्यस्तो नहोला र नहोस् तर नेपाल जस्तो सामरिक दृष्टिले अत्यन्त संवेदनशील मुलुकमा कुनै पनि पार्टी र अझ कम्युनिष्ट पार्टीलाई आफ्नो स्वार्थ अनुकूल परिचालित गर्ने कुरा विगतका कैयौँ राजनीतिक गतिविधिहरुबाट जगजाहेर भएकै छ ।
नेपाल जस्तो सामरिक दृष्टिले अत्यन्त संवेदनशील मुलुकमा आफ्नो स्वार्थ अनुसार नेपालका पार्टीहरु के कसरी कुन रुपमा परिचालित गर्छन् प्रतिक्रियावादीहरुले भन्ने कुरा नेपाललाई बताइरहनु पर्ला । यसरी परिचालित हुनेमा कतिपय नेताहरु नै हुन नसक्लान् र ?
विप्लव पार्टीले लगानी सम्मेलनका मुखमा देशव्यापी आतङ्कारी गतिविधि तीव्र पार्नुको नियत के हुनसक्छ ? के यो पनि देश र जनताको अगं्रगमनका लागि गरिएको र गर्न खोजिएको हो माधव कमरेड,
के अहिले पञ्चायत काल हो ? के अहिले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र काल हो ? अहिले त संघीय लोकतान्त्रिक
गणतान्त्रिक काल होइन र ? संविधानमा आफूले चाहेको राजनैतिक व्यवस्था ल्याउन अब बन्दुक बोक्नै पर्दैन भनेको थाहा छैन । अनि यस बेला शान्तिपूर्ण वैधानिक राजनीति गर्ने बाटाहरु खुल्ला खुलस्त भएका बेला बन्दुक नै बोक्नु पर्छ र ?
धरानबाट धनकुटा जाने अनेक बाटाहरु हुँदाहुँदै अक्कर र भीरको बाटो हिड्नु पर्छ ।
के बन्दुक बोक्ता मात्र क्रान्तिकारी भइन्छ ? के द्वन्द्ववादका नाममा घाँटी नै रेट्नु पर्छ बेलाको बोली र मौकाको काम गर्नसकिएन भने समयले तपार्इंलाई पर्खिदैन ।
लगानी सम्मेलन आगामी चैत्र १४ गते हुने निश्चित छ । विप्लव यसलाई बिथोल्न पूरै तयारीमा रहेको देखिन्छ । यसलाई ऐन मौकामा रोक्न सकिएन भने चाहिँ पार्टी, सरकार र देशकै ठूलो बदनामी हुने कुरा चाहिँ नेपालले देख्नु भएन ?
नेकपाका वरिष्ठ र उपल्ला नेताहरुको हुलिया यस लेखकलाई पूरै थाहा छ । आफू राष्ट्रपति हुन नपाउँदा,भनेकै बेला मन्त्री पद नपाउँदा,सदा सर्वदा पार्टीको प्रमुख हुन नपाउँदा कुन कुन नेता के कस्ता बेसरम बेहोरा देखाउँछन् सब यस लेखकलाई थाहा छ ।
देश र जनताको हितलाई भातसित तुलना गर्ने कथित नेताको बेहोरा सुन्दा र देख्दा आफैँलाई धिक्कार्न मन लाग्छ । कस्ता कस्तालाई नेता भनिरहनु पर्ने हो देख्नेलाई नै लाज हुन थालेको छ । कुनै वरिष्ठ नेतालाई देश,जनता र पार्टी भड्खालोमा परे पनि जीवनमा एक पल्ट प्रधानमन्त्री बन्नु छ ।
राजनीतिक बिचौलियाहरु नेकपा भित्र चाहिँ छैनन् भन्नै सकिन्न । अनि के घर जलेपछि कुवा खन्ने हो र ? पार्टी अध्यक्ष प्रचण्डलाई यो विषय जानकारीमा रहेको थाहा पाइन्छ । तर देश डुब्न लागेको देखेपछि पार्टी बैठक बसेर छलफल गरेर समय खेर फाल्ने हो र ?
माधव नेपालजी यो सरकार पार्टी र अझ तपार्इंहरु वरिष्ठ नेताको असहयोगका कारण नै असफल हुनसक्छ । सरकार र सरकार प्रमुख यसरी दूरदृष्टिका साथ अहोरात्र खटेको अहिले सम्म देखिएको छैन ।
कृपया सरकारका तमाम काममा परोक्ष रुपमा बाधा अवरोध पु¥याएर आफ्नू उचाइ नघटाउनु होला । झलक्क हेर्दा प्रधानमन्त्री ओलीले उपल्ला तहका नेताहरुलाई सामान्य जानकारी सम्म नदिएको जस्तो कुरा बाहिर आएको छ ।
त्यस हदसम्मको काम भएकै हो भने यसमा गम्भीर हुनुपर्छ । तर पार्टीको उपल्लो तहमा चुृहुने भाँडाहरु पनि छन् ।
प्र्रचण्डलाई समेत बिहान जानकारी दिएर बेलुका सरकारले
प्रतिबन्ध लगाएको देखिन्छ । यस कुराले पनि विषयको विशेष संवेदनशीलता जाहेर हुन्छ । तर के माधव नेपाल जसरी विप्लव पार्टीका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकोमा विशेष चिन्तित हुनुहुन्छ ।
के माधव नेपाल विप्लव पार्टीको जिम्मेवारी लिनसक्नु हुन्छ ? होइन मैले त भनिदिएकै हो,सुनाइदिएकै हो भन्ने मात्र हो भने अब यसरी काम चल्दैन । नेताले देखेको सहीसत्यलाई तार्किक निष्कर्षमा पु¥याउन सक्ने आँट पनि गर्नुपर्छ ।
नत्र बन्दुक आफ्नो र अर्को भन्ने हुँदैन । विप्लवले पड्काउने बन्दुक कम्युनिष्टको हो भनेर चेपारे मायाप्रेमले देश बन्दैन । सच्चा मित्रले अवगुण देखाएर मित्र शक्तिलाई सच्चिने मौका र समय देखाउँछ माधव नेपालजी ।









