
अर्बौ भ्रष्टाचार गरेर नेपालले जतिठूलो जहाज ल्याएपनि एसिया बाहेकका आकाशमा उड्न नपाईरहेको कालखण्डमा युरोपियन युनिएनले नेपाली जहाजलाई व्रवेश निषेध गरेकोप्रति प्रधानमन्त्रीले आपत्ति जनाएका छन् । फ्रान्सले नेपाललाई जहाज बेचेको तर त्यही बेचेको जहाज फ्रान्समा आउन पाउँदैन भन्नु गलत हो । उडाउन योग्य जहाज बेचेको भए फ्रान्सको आकाशमा पनि उडाउन पाउनुपर्छ । नेपाली जहाजलाई युरोपेली आकाशमा उडाउन लगाएको प्रतिबन्ध हटाउने पहल नेपालले गरीरहेछ । नेपालको द्वन्द्व व्यवस्थापनको विषयलाई लिएर पश्चिमा राष्ट्रहरुका राजदूतहरुले हालै निकालेको विज्ञप्तिप्रति प्रमले आपत्ति प्रकट गरेका छन् । दक्षिण अमेरिकी मुलुक भनेनेजुएलामा दोश्रो कार्यकालको लागि निकोलस मादुरो राष्ट्रपतिमा लोकतान्त्रिक विधिबाट निर्वाचित भएकोमा अमेरिका सँगै ब्राजिल, कोलम्विया, चिली, पेरु, इक्वेडर, अर्जेन्टिना, पाराग्वे देशहरु मादुरोका विरुद्धमा उभिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका जनताका पक्षमा एक विज्ञप्ति प्रकाशन गरेर भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षप गर्यो भन्दै बक्तव्य निकालेका हुन् । त्यहाँ विभाजन ल्याई हिंसा मच्चाउन अमेरिका उद्यत छ । चीन र रुसले अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् र नेकपाले पनि सँगै विरोध जनाएको छ । विपक्षीले रुस –चीनलको धुरीमा नेपाल गयो भनेका छन् । भारत र अमेरिका बीच सम्बन्ध बढी रहेकोबेला भनेका हुन् । नेपालमा पनि बाह्य हस्तक्षेपको वातावरण कसरी बनाउन सकिएला भनेर प्रयास जारी छन् । युरोपियन युनिएनको भूमिका त्यतै केन्द्रित देखिन्छ । नेपाललाई अर्को नाकावन्दि गर्छन भन्ने आशंका पनि छ ।
स्वास्थ्यलाई मौलिक हकमा राखिएको बेलामानै स्वास्थ्य क्षेत्रको आमुल परिवर्तनका लागि संघीय संरचना अनुरुपको स्वास्थ्य क्षेत्रको व्यवस्थापनका लागि समेत गम्भिर रुपमा मनन गर्दै स्वायत्त स्वास्थ्य सेवा निर्माणका लागि अविलम्ब कार्य गर्न जरुरी छ । यस्तैबेला संसदमा नारावाजीका बीच चिकित्सा शिक्षा विधेयक सरकारले पारित गरेर निर्भिकता–बौद्धिकता प्रमाणित गरेको छ । सार्वभौम संसद भन्दा माथि आफूलाई उभ्याएर अर्थात् स्वास्थ्य सम्बद्ध माफियाहरुले टिचिङ हस्पिटलका कर्मचारी डा.गोविन्द केसीलाई मदारीले भालु नचाएझै नचाउँदै आइरहेका थिए । अपच हुने गरी राती खाने–दिउँसो अनसन बस्ने लोकतन्त्रको नयाँ संस्कार चल्दै आउँदा केसीले पनि सत्रौं पटक अनसन बसीरहेको बेला सरकारले इट्टाको जवाफ पत्थरले जस्तै दिएको छ । लातको भूत बातले मान्दैन भने जस्तै विधि विधान सिष्टमका कुरा गरेर केसी हठ सल्टिनेवाला थिएन । समाधान गर्ने भन्दा समस्या झन् बल्झाउने तत्वहरुले केसीलाई घेरबन्दि गर्दै आइरहेका थिए । फलाम तातेको बेला पिटनुपर्छ भन्ने मान्यतामा रहेर “मार्सल लगाएर चिकित्सा शिक्षा विधेयक पारित” भएको छ । सचेत मानिसहरुमा आशाका अंकुरहरु पलाएका छन् । भष्मासुरहरु व्रmुद्ध भएका छन् । प्रतिनिधिसभाको अस्तिको वैठकमा प्रमुख प्रतिपक्षि कांग्रेसले गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला नामका तनहुँ र बाँकेमा रहेका दुई अस्पताललाई संघीय सरकार अन्तर्गत नराखेसम्म सदन चल्न नसक्ने हठ राखेर रोष्टम घेराऊ गरी रहेका बेला उनीहरुलाई मार्सलको घेरावन्दिमा राखी विधेयक पारित गरेको हो । शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई विधेयक पेश गर्न रोष्ट्रममा जान कांग्रेसले छेकेका थिए तर मर्यादापालकको सहयोगमा उक्लिएर मन्त्रीले युद्ध जितेकै जस्तो शैलिमा हाँस्दै सांसदतर्फ हात हल्लाएका थिए । सडकमा मुठभेड होला नहोला, संसदमा चाहिँ संकेत देखियो । रुपन्देहीका कांग्रेसले विधेयक पारित भएको विरोधमा राँके जुलुश प्रदर्शन गरेका थिए । काठमाडाँमा पनि सामान्य विरोध प्रदर्शन गरे । धरानमा डा.केसीको समर्थनमा ओपीडी सेवा बहिष्कार गरेका थिए । मनमोहन अधिकारीको नामको हष्पिटल संचालन गर्न नदिने माफिया चक्करको टक्करले दुवै पक्षलाई सहमतिमा पुग्न बाध्यता पर्नेछ । केपी ओलीलाई प्रधानमन्त्रीबाट हट्न विवश पार्ने रणनीतिमा एमालेका माधव गुटको भित्री साँठगुठ रहेको बुझिन्छ । कृस्चियनका एजेन्टहरु तथा मानव अधिकारकर्मिहरुले डा.केसीको मागमा ऐक्यवद्धता जनाउँदै सामुहिक गिरफ्तारी दिने तयारी गरेका छन् । कृष्ण पहाडी, दुर्गा सुवेदी, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल, रमेशकान्त अधिकारी, कपिल श्रेष्ठ, श्रीहरी अर्याल लगायत सयौंले सामुहिक गिरफ्तारी दिने तयारीमा छन् । यसप्रकार केपी ओलीलाई कार्यकारीबाट अलग पार्ने रणनीति बनाएको हुँदा जसरी पनि देशभक्तहरुले ओलीको संरक्षण गर्नुपर्ने जरुरी छ । प्रमुख कार्यकारी सक्षम भएभने देश समृद्ध बन्छ । मलेसियाका महाथिर महमद र सिंगापुरका लि क्वान युले आफ्नो राष्ट्रलाई सुदृढ स्वभिमानी, सक्षम तथा ऐस्वर्यमय बनाउने राष्ट्रनायक ठहरिए । राष्ट्रबाट केहि फाईदा लिने होइन, सकेजति राष्ट्रलाई नै दिनुपर्छ भन्ने प्रवल राष्ट्रवादी चेतना जागृत गराए । असल मानिसहरु निस्वार्थ, उदार, ईमान्दार तथा निर्माता बनेर राष्ट्रलाई बाटो देखाउँछन् । “मले” बाट मलेसिया शब्द बनेको हो । हजारौं वर्ष पुरानो मले संस्कृति विदेशी हस्तक्षेपका कारण क्षतविक्षत बनेको र राष्ट्रिय एकता धुलिसात भएको देखे माहथिरले । मले र आप्रवासी चिनियाँहरुको लामो द्वन्द पनि देखे । त्यसले उनलाई बेचैन बनायो । मलेसियाबाट लन्डन फर्कने वेलामा व्रिटिसहरुले त्यहाँका पुराना (रैथाने) मले जाति सरह चिनियाँ र इण्डिएनले पनि सम्मान अधिकार पाउनुपर्छ भन्दै समानुपातिक मलायन युनियन बनाईदिए । अंग्रेजको चाकरी गरेर धनी र शक्तिशाली बनेका केहि मले, चिनियाँ र इडिएनलाई प्रलोभन दिएर त्यस्तो युनिएन खोलिएको थियो । नेपालको संविधान २०७२ ले राष्ट्रिय एकतालाई चुनौति दिदै विभिन्न जातको परिभाषा गर्दै आरक्षणको परिकल्पना गरेजस्तै मलेसियन नेता दातो ओनले प्रजातन्त्र, राष्ट्रियता, प्रगतिका नाममा विदेशी मूलका नागरिकलाई समान हक दिनुपर्ने प्रस्ताव ल्याएका थिए । सुन्दा प्रिय लागेपनि त्यो राष्ट्रघाति कदम थियो । “हामी” भन्नुपर्नेमा जात–जातका आधारमा जनता विभक्त हुन थाले । राष्ट्रवादको धरातलबाट उठेका हुन–महाथिर महमद र लि क्वान यु । सन् १९६५ मा व्रिटेनबाट स्वाधिन भएपनि सिंगापुर (सिंहपुर) दरिद्र थियो । सानो टापु सिंगापुर सहर आज समुन्नत राष्ट्र बनेको छ–राष्ट्रबादको बाटोमा हिड्दा । कम्युनिष्ट र साम्राज्यवादीको नक्कल गरेन सिंगापुरले । आफ्नो माटो अवस्था र धरातलीय यथार्थ बुझेर मूल निति बनायो । भारतबाट अंग्रेज –व्रिटिस) शासन अन्त्य हुँदा उनीहरुले भारतलाई दुई टुव्रmा बनाएर गए । भारत–पाकिस्तानको सम्बन्ध २००४ साल देखि हालसम्म कटुतापूर्ण छ । संघीयता नामको विष रोपेर गए अंग्रेजहरु । धर्मका आधारमा देश टुव्रmयाउँदा हिन्दु–मुस्लिम बीच लडाई चल्यो ३८ लाख मान्छे मारिए । जात–धर्मको लडाई आफै घर–घरमा पुग्छ । जस्तो कि हुतु र तुत्सिले अफ्रिकाका रुआन्डा, बुरुन्डि र कंगोमा त्यस्तै आगो बालेको उदाहरण छ । यस्तै आगो लगाउने प्रयोजनका निम्ति बाह्य हस्तक्षेपका वाहकहरु हरेउ तथा मुसा प्रवृत्तिमा नेपालमा सकृय छन् ।









