विद्यानन्द चौधरी, दक्षिण कोरिया

उदयपुर सेवा समाज दक्षिण कोरिया छोटो समयमा कोरियामा स्थापित क्षेत्रिय सामाजिक संस्थाको नाम हो । स्थापनाको दुई वर्ष भित्र यहाँ रहेका विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै आफुलाई परिचित र लोकप्रिय बनाउन सफल यो संस्था सन् २०१६ को शुरुवातताका ६ जनाको भाईबर ग्रुपबाट जन्मेको थियो । “ कोरियामा उदयपुरे साथीहरु’ नाम राखिएको भाईबरमा एकपछि अर्को उदयपुरेहरुलाई निरन्तर जोड्ने जोडाउने कामसंगै आकारमा संख्यात्मक वुद्धि हुँदै गयो । त्यसबेला उदयपुरे भएता पनि भौगोलिक दूरीको कारण एकले अर्कोलाई नचिन्ने अवस्था थियो । त्यसो त कोरियाको व्यस्त जिबन शैली, कामको बोझ, आफन्त परिवारसंग छुटिदाको व्यथालाई कम गर्न भएपनि समाज र साथीको आवश्यकता परेको थियो । आपसमा सर सल्लाह गरी सप्ताहमा भेटेर रमाईलो गर्ने, संगै खाना खाने, एक अर्काका सुख दुख साटासाट गर्ने र कोरियामै रहेको उदयपुरेहरुलाई भैपरी आउने समस्यामा साथ दिने उद्देश्यमा मात्र सिमित थियो । समाजका सल्लाहाकार महेन्द्र राईले बनाएको यो भाइबर ग्रुप कालान्तरमा आफ्नो उद्देश्यलाई फराकिलो बनाउदै विदेशबाटै उदयपुर र समग्र नेपालकै लागि केही गर्न सकिन्छ कि भन्ने अभिप्रायले उर्जावान तथा वौद्धिक साथीहरुको सरसल्लाह अनुसार सन् २०१७ जनवरी २९ तारिकका दिन मधुकर राईको अध्यक्षतामा २५ सदस्य कर्यसमिति बनाएर “उदयपुर सेवा समाज“ गठन गर्न सफल भैइयो । कोरियामा विभिन्न पेसा व्यावसाय गर्दै आईरहेका उदयपुरेहरुलाई एकतृत गर्दै, समेट्दै उदयपुरको नक्सा झल्किने लोगो र निश्चित विधान बनाई अहिले पनि सामाजिक सेवामा निरन्तर अगाडी बढिरहेको छ ।
समाजले उदयपुर गोल्ड कप देखि उदयपुरका लिम्चुङबुङ गाउँपालिका कि फोक्सो क्यान्सर पिडित शशीकला राई, रौतामाई गाउँपालिकाका अग्नि पीडित लमान सिंह मगर, बेलका नगरपालिकामा भएको ट्याक्टर दुर्घटना (गत कार्तिक २५ गते बेलका नगरपालिका २ का एकै गाउँका ३ जना को मृत्यु ३६ घाईते हुने गरी भएको दुर्घटना) पीडितलाई आर्थिक सहयोग गरेको लगायत यस समाजले गरेका सामाजिक कामका जोलन्त उदाहरणहरु हुन ।
यसैगरी पत्रकार रविलामीछानेको नेतृत्वमा बन्न लागेको कर्णालीको रास्कोटको समुदायिक अस्पताल होस या, तराईमा न्यानो बाँडौ जस्ता अभियानहरुमा होस समाजका पदाधिकारीहरुले सहभागिता जनाएका छन । गत साल मात्रै नेपाल सम्पर्क समितिले (एनसिसी) ले ऐतिहासिक वुद्धको पर्तिमा स्थापनाको नेतृत्व गरिरहँदा उदयपुर सेवा समाजले सोको सह्योगार्थ डान्स पाटी नै आयोजना गरेको थियो । “साईलासाईली “ नाम दिईएको डान्स पाटीबाट संकलित रकम एनसिसीलाई बुझाएको थियो ।
यस्तै समाजिक कार्यहरु गरेर शुभचिन्तकहरुबाट पाएका समर्थन, सहयोग र स्याबासीबाट हौसिएर समाजले कोरियाको नयाँ वर्ष सलनालको अवसर पारेर फेब्रवरी ४ तारिक कोरियाको राजधानि सउलमा बृहत साँस्कृतिक कार्यक्रम “उदयपुर म्युजिकल कनसर्ट २०१९’ आयोजना हुने भएको छ । “तपाई हाम्रो साँझा अभियान, स्वास्थ सेवालाई पहिलो स्थान’ नारा राखिएको सो कन्सर्टबाट संकलित रकम दुर्गम पहाडी क्षेत्रका गरिव, विपन्न बालबालिका र वृद्धवृद्धाको स्वास्थय क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको छ । नेपालको राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने उक्त कन्सर्टबाट मनोरञ्जनसंगै समाज सेवा पनि हुने छ । जुन उद्देश्यबाट अभिप्रेरित भई कन्सर्ट आयोजना गर्न लागिएको हो, लक्षित वर्ग निकट भविश्यमै लाभान्वित हुन सकोस । कार्यक्रम सफल्ताको शुभकामना !!
(लेखक उदयपुर सेवा समाजका उपाध्यक्ष तथा “उदयपुर म्युजिकल कन्सर्टका २०१९’ प्रचार प्रसार संयोजक हुन । )

तपाईको प्रतिक्रिया