उदयपुर – उदयपुरको क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधि सभा तथा सभाका उम्मेदवारले उम्मेदवारी दर्ता गएका छन् । दिउँसो २.०० बजे मुख्य निर्बाचन अधिकृतको कार्यालय बोक्सेमा नाराजुलुस सहित पुगेर एमालेले उमेदवारी दर्ता गराएका हुन् ।
एमालेबाट क्षेत्र नं. १ मा मन्जु चौधरीले उम्मेदवारी दिएकी छिन् । उनी यस अघि डा. नारायण खड्का संग पराजित भएकी थिइन । भने २०७० सालको संविधान सभा सदस्यमा बिजयी भएकी थिइन र सहरी बिकास राज्यमन्त्रीसमेत भएकी थिइन् ।
यस्तै, क्षेत्र नं. १ (क) मा कुशलबाबु बस्नेतलाई एमालेले उम्मेदवार बनाएको छ । सो क्षेत्रमा यस अघि बिमल कार्कीले टिकट पाएको भन्दै सवै प्रक्रिया पुरा गरेर बसेको अवस्था अन्तिममा बस्नेतलाई एमालेले टिकट दिएको हो । प्रदेशमा विमल कार्कीलाई जिताउन सक्दैनौं भन्दै त्यस क्षेत्रका नेता कार्यकर्ताले बैठक नै बसेर पुनः निर्णयको लागि प्रदेश र केन्द्रमा माग गरेको थियो । कार्की निवर्तमान प्रदेश सांसद पनि हुन् ।
क्षेत्र नं. १ (ख) मा एमालेका इश्वर मणि राउतले उम्मेदवारी दिएका छन । उनी एमालेका निवर्तमान जिल्ला अध्यक्ष समेत हुन् ।