लेखक : कालिदासबहादुर राउत क्षत्री

अङ्ग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र हुनुभन्दा पहिलेदेखिनै दिल्ली, दार्जिलिङ, कलकत्ता जस्ता स्थानहरुमा व्रिmश्चिएनले धार्मिक पकड लिइसकेका थिए । त्यतिवेला पनि नेपाल कसैको उपनिवेश थिएन । पृथ्वीनारायण शाहकै शासनकालमा काठमाडौँमा पवेश गरेका पादरीहरुलाई शंख फुकेर निष्काशन गरेर नेपालको धर्म संस्कृति सभ्ताको रक्षा गरेका थिए । पश्चिमाको रणनीति अनुरुप धर्मनिरपेक्ष र संघीयतामा मुलुकले प्रवेश गरेपछि व्रिmश्चियन धर्म राजनीतिले उर्वरभूमि प्राप्तिको उमङगतामा अन्तर्राष्ट्रिय व्रिmश्चिएन सम्मेलन अर्थात् एसिया प्यासिफिक समिट २०१८ काठमाडौँमा हालै सम्पन्न भएपछि पक्ष विपक्षमा वादविवाद देश भित्र बाहिर चर्किरहेका छन् । व्रिmश्चियनहरुको देश अमेरिकामा डेढ वर्ष जेल सजाए पाएका , जासुसीको आरोपमा उत्तर कोरियामा ५ वर्ष जेल बसेका, धर्मलाई दुरुपयोग गरेको आरोपमा बेलायत र जापान प्रवेशमा प्रतिवन्धित युनिभर्सल पिस फेडरेसन (संस्थापक सुन म्युङमुन) संस्थाले हिन्दुभूमि नेपालमा सिंगो राज्य अर्थात सरकारलाई सकृय सहभागि बनाएर भव्यरुपमा व्रिmश्चिएनसभा सम्पन्न गरयो । सफल पार्ने पृष्ठभूमिमा वाऊआमाको काजव्रिmया नगर्ने व्रिmश्चियनमार्गी माधव कुमार नेपाल थिए । यिनैको दवाव र पहलमा ख्रीष्टिएन मार्गी सरकार सो कार्यव्रmममा सरिक भएकाले पतन उन्मुख भएको छ। व्रिmश्चियन बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला एकनाथ ढकाल पनि मन्त्री थिए साथै यिनी नेपाल च्याप्टर व्रिmश्चियनका अध्यक्ष हुन र व्रिmश्चिएन बढोत्तरीमा खर्वौ लगानी गर्न सक्ने श्रोत व्यक्तिको रुपमा चिनिन्छन् । यस पटकको सम्मेलनको आयोजक पनि यिनै थिए र सरकारलाई नै सहआयोजक बनाएर कमाल देखाए । जवकि छाता संगठन व्रिmश्चिन महासंघको अध्यक्ष सीपी गहतराज हुन्, यिनी पनि ओझेलमा परे । संसार भ्रमण गरीरहने स्वनाम धन्यहरुको भ्रमण खर्चको श्रोत यिनै एकनाथ ढकाल रहेको भुक्तभोगीहरु बताउँछन् । माधव नेपाल विदेश तर्फको अतिविशिष्ट श्रेणिमा सम्पर्क सुत्रमा प्रयुक्त छन् भनिन्छ । नेपालमा यो सम्मेलन सम्पन्न गर्ने निर्णय ६ महिना अनिै भएर तदनुरुप सफल पार्न विभिन्न देशमा गएर त्यहाँका प्रमुखहरुसँग व्रिmश्चिएन सम्पर्क सम्वादको काम माधवले गर्दै थिए । माधवले सार्वजनिक रुपमै सम्मेलनस्थलमै उद्घोष गरे व्रिmश्चियन म मात्रै हैन भन्दै गिरिजादेखि शरतसिंह भण्डारीसम्मको नाम सरर भने ।
गृह मन्त्रालय श्रोतका अनुसार काठमाडौँ उपत्यकामा मात्रै साढे ४ हजार चर्च छन् । यो २०७० सालको तथ्यांक हो । यसप्रकार देशभरि १२ हजार चर्च छन्, प्रायः प्रत्येक गाऊमा टोलमा । २०६८ सालको जनगणना नुसार १.४ प्रतिसत अर्थात् ३ लाख ७५ हजार व्रिmश्चिएन धर्मालम्बी छन् । सन् २०२० सम्ममा ३.८ प्रतिसत नेपालीलाई व्रिmश्चिएन बनाउने लक्ष्यका साथ कन्ने प्रचार प्रसार गर्ने काम भैरहेको छ । ३० लाख नेपाली व्रिmश्चियन देखावढी रुपमा भैसकेको दावी छ, वर्षेनी १० प्रतिशतले बढीरहे छन् । भारत र नेपालका ७० प्रतिसत दलितवर्ग व्रिmश्चिएन वनीसकेका छन् । जनजाति र खस आर्यका लोभी पापी पैसाका लागि व्रिmश्चिएन बनेका छन्। अव यसपालिको काण्डले कि ह्वात्तै बढ्छन् की ह्वातै घटछन् , यस्र्तै द्विविधा छ । क्याथोलिक र प्रोटेष्टेन्ट मूलधारका व्रिmश्चिएन हुन तापनि यी ६ वटा सियोन, पाहावोसाक्षी, ओली जिसस, चर्चअफव्रmाईष्ट , सेभेन्थडे र मुन लाई अन्यथा भन्ने गरेका छन् । नेपाल सरकारलाई सहभागी गराएर व्रिmश्चियनको सम्मेलन गर्ने प्रयास ६ वर्ष अघिनै बाबुराम भट्टराईकै प्रधानमन्त्रीत्व कालमा भैरहँदा तत्कालिन पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गम्भिर विराध गरेपछि फेडरेसन आयोजक ढकालको प्रस्ताव पास भएको थिएन । सरकारको सहआयोजनामा सम्मेलन गर्ने प्रस्ताव असफल भएपनि ढकालले होटल याक एन्ड यतिमा व्रिmश्चिएनको “इन्टरनेशनल लिडरसिप कन्फ्रेन्स” गरेका थिए । यसप्रकार सन् २०१०, २०१२, २०१६ र २०१८ नेपालमै सम्पन्न भए र यसपटक सरकारनै प्रत्यक्ष संलग्न भएकाले विवादित बन्यो । मुख्य प्रतिपक्षि कांग्रेसले सार्वजनिक आलोचना गर्दा सर्वसाधारणलाई जानकारी भएर छताछुल्ल भएको हो । कांग्रेस पनि सहभागी भएका कारण हिन्दुपुत्रहरुले पनि थाहा पाएका हुन् । हिन्दु भूमिमा व्रिmश्चियन धर्म प्रचारको सहआयोजक बनेर मुख्य भूमिका निभाउन खोज्दा धर्तिपुत्रहरुले व्यापक विरोध गर्न थालेपछि ओली सरकारले रु. ५५ लाख, सहयोग दिएर आफ्नो नाम फिर्ता लियो । नेपाल देवभूमि भएकोले पाप आफै उम्लिएर पोखिन्न थालेको हो ।
यसरी विवादास्पद एसिया प्यासिफिक समिटमा कम्युनिष्ट नेतृत्वको सरकार र नेकपाका अगुवाहरुको सहभागिता र सकृयताले बैचारिक स्स्खलन, सांस्कृतिक अधोपतन र नैतिकताको दिवालियापनलाई छर्लङ्ग पारेको छ । संसारलाई दुःखबाट मुक्त गर्न भन्दै आफ्ना दुःख मुक्तिको कामना लिएर धर्मका नाममा अन्धविश्वास र धनको प्रभाव सृजना गर्दै हिडेको एउटा व्रिmश्चिएन पन्थको आयोजनामा खृष्टिएन कम्युनिष्टहरु सहभागी भएर शुव्रmकिट मिसाएर बाडेको पवित्र रक्सी (होली वाईन) पिउनेहरुनै पवित्र परिवार(व्रिmश्चिएन) का सदस्य बन्न पाउने प्रावधान भएको हुँदा उनीहरु स्वतः भएको तथ्य उदाङ्ग भएको छ । गरीबी जति बढ्छ उतिनै कम्युनिष्ट बढ्ने हुँदा कम्युनिष्ट राजनीति गर्ने पेशेवरले “सुखी नेपाली समृद्ध नेपाल” को व्यानरमा गरीबीको गहिराई बढाउने हो भन्ने अनुभूति भुक्तभोगीहरुको छ पवित्र हिन्दु भूमिलाई व्रिmश्चिएनले अपवित्र बनाईरहँदा देशमा अलोचनात्मक टिप्पणी भैरहँदा प्रधानमन्त्री केपी ओली उक्त होली वाईन पिउन अर्थात् अभिषेक लिनू आशिर्वाद पाउन गएनन् । दुनियाँलाई अवगत भएकै सवाल हो, माओवादी अगुवाई व्रिmश्चिएनको आना दानाबाट संचालित पार्टी, त्यस्तै व्रिmश्चिएन तथा इ.यू. बाट संचालिन एनजीओहरुबाट पालित पोषित पार्टी हो–एमाले । यि दुवै पार्टीको शक्ति श्रोत एउटै भएकोले एउटै बोरा थाप भन्ने निर्देश भएपछि एक भएका हुन, केही केही मिल्न बाँकी भन्ने विषय गुप्तचर सन्जालको टाउको पुच्छर मिल्न बाँकी भएर होला । नेपालमा इसाई धर्म प्रचारमा विशिष्ट योगदान पुरयाए वापत नेकपाका अध्यक्ष प्रचण्डलाई “युनिभर्सल चर्च” सम्बद्ध पदाधिकारीहरुले उनको घरमै पुगेर मेडल एव बहुमूलय उपहार प्रदान गरे । तीन महिना अघिनै प्रचण्डलाई “पिस एमबेस्डर” घोषणा गरिएको थियो । प्रचण्डले गोप्य रुपमा पुरै सहयोग पुरयाए पनि प्रचार हुन दिएनन् । माधवकुमार नेपालले चाहिँ इशाईहरु माझ आफ्नो उचाई बढाए सक्दो सहयोग गरेर उता जति अग्लीए र हिरामोति थन्क्याए यता हिन्दु नेपालीको नजरमा माधव नाम सुन्दा देख्ता घृणा लागेर वान्ता गर्ने तहसम्मको पतित भएका छन् । विगत डेढ दशक देखि माधव नेपालले कृश्चिएनको तलवी स्टाफको रुपमा काम गर्दै आएको रहस्य खुलेको छ । सुन मियुङ मुनद्वारा स्थापित युनिभर्सल चर्चले विश्वका गरीव तथा विपन्न मुलुकका उच्चपदस्थ व्यक्तिहरुलाई प्रभावमा पारी आफ्नो सन्जाल फैलाउने काम गर्दै आएको छ । नेपालमा बहुदल सँगै युनिभर्सल चर्च पनि गाढा भएर टाँसिदै आएको छ । २५ वर्ष अघि चर्चका संस्थापक मुन आफै पनि नेपालमा आएका थिए । यिनै स्व. मियुङ मुनको स्थायी दूतको भूमिकामा ढकाल, नेपाल प्रवृत्तहरु व्रिmयाशिल देखिन्छन् । मियुङ मुनको निधन पश्चात युनिभर्सल चर्च सन्चालनको जिम्मेवारी उनको पत्नी हाक जा हान मुनले सम्हालेकी छन् । स्व. मियुङ मुन यिनको चौथो पति हुन् । बहुपति प्रथाकी हाक जा हान मुनले आफूभन्दा दुई दशक जेठोसँग १७ वर्षको उमेरमा विवाह गरेर १४ सन्तान जन्माएकी थिइन । विषकन्याको रुपमा चिनिएकी हाक जा हान मुन कोरियाको धनाढ्यमा पर्छिन् । आफूलाई जिसस व्रmाईष्टको छोरी भएको दावी गर्छिन् । यिनै हाकलाई आर्यावर्त पशुपति नाथ परिसरमा यसैपटकको सम्मेलनबाट जीसस पुत्री घोषणा गर्ने सोच पूरा भएन नारायणकाजीको विरोधले तसर्थ अर्को सम्मेलन चाडै गर्ने भएर ढकाल–नेपाल प्रवृत्तहरु जुटिसकेका छन् । जिससव्रmाईष्टले सबै काम गरीनसकेकोले उनले गर्न बाँकी राखेको काम सम्पन्न गर्ने जिम्मेवारीका निम्ति जन्मेको जिसस पुत्री भन्ने दावी छदैछ । उत्तर कोरियाको एक गाउँमा सन् १९२० मा सुन म्युङ मुन जन्मेका थिए । यिनी १० वर्षको हुँदायिनको घरपरिवार प्रोवेस्रिन चर्चमा प्रवेश गरयो । युनिफिकेसन चर्चको मान्यता अनुसार सन् १९३५ मा मुनलाई नक्कली व्रmाइष्टले दर्शन दिए र पृथ्वीमा स्वर्गको राज्य स्थापित गर्ने आफ्नो अधुरो जिम्मेवारी पूरा गर्न दायित्व प्रदान गरे । यी कुरा जनश्रुति वा लोककथा नभएर हाम्रै समकालिन दशकका कुरा, त्यसमा पनि कम्युनिष्ट देश उत्तरकोरियाको वास्तविक कुरा । १९३५ मा मुनलाई कृत्रिम व्रmाइष्टले दर्शन दिएर आदेश दिएपछि मुन दम्पत्तिले कोरिया, जापान र अमेरिकामा व्यवसाय सन्चालन गरेका थिए । त्यसको नाफालाई मुन दम्पत्तिले धार्मिक तथा गैरनाफामूलक क्षेत्रमा प्रयोग गर्थे । अभावग्रस्तहरुलाई प्रभावमा पारेपछि त्यस्ता संस्थामा आफ्ना अनुयायी र निकटस्थहरुलाई नियुक्त गर्ने र नियन्त्रणमा लिन्थे, नेपाली ख्रिष्टिएन कम्युनिष्टको जस्तै । सहर सुन्दरी देखी देश सुन्दरी बन्नेहरु प्रायः व्रिmश्चिएन मात्रै हुन्छन् भन्ने रहस्य खुलीसकेको छ । मेयर उपमेयरमा जित्न अव करोडौ लाग्छ र त्यसको व्यवस्था व्रिmश्चिएनले मात्रै गर्न सक्ने हुँदा यो संविधान व्रिmश्चिएनमुखी हुँदा हिन्दुर राष्ट्रवादीहरु गम्भिर हुनुपर्ने बेला छ ।
युरोप अमेरिकाका कैयन मुलुक जो धर्मरिपेक्षताको वकालत गर्छन् । तिनले पनि इशाई धर्म सम्मत व्यवहारबाट आफूलाई अलग राख्न खोजेका छैनन् । संयुक्त राज्य अमेरिका जस्तो समृद्ध मुलुकको राष्ट्रपतिले वाईवल माथि हात राखेर कसम खानु, वेलायत जस्तो मुलुकमा इशाई मध्य पनि प्रोटेष्टेन्टले मात्र प्रधानमन्त्री वन्न पाउने व्यवस्था हुनुलाई धर्मनिरपेक्षता मान्न सकिदैन । पश्चिमाहरु आफैले धर्म सापेक्ष व्यवहार गर्ने गर्छन् । धर्म निरपेक्ष बन्ने उपदेश दिन्छन्, बजेट दिन्छन् । एसिया, अफ्रिका, द.अमेरिक महादेशका अल्पविकसित मुलुकहरुमा धर्म निरपेक्षताको एजेन्डा प्रवेश गराएर सम्बन्धित देशले परापूर्वकालदेखि अवलम्बन गरी आएको शनातन धर्म संस्कृति सभ्यता परम्परालाई पाखा लगाउने काम पश्चिममा मुलुकहरुले एनजीओ एवंविकास सहयाता प्रकारन्तरले गर्दै आएका छन् । मौलिक परम्परालाई निरुत्साहित गर्ने व्रmसँगै पश्चिमाहरुले धर्मानतरणलाई उच्च प्राथमिकता साथ अगाडि बढाउँदै आएका छन् । धर्म निरपेक्षताको परिभाषा एउा रुपमा गर्ने र आफैले चाहिँ धर्मसापेक्ष व्यवहार गर्ने, अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुमा चाहिँ धर्म निरपेक्षतालाई कभर बनाएर धर्मान्तरण गराउने पश्चिमा रणनीतिको शिकार विश्वका धेरै मुलुकले हुनुपरेको र नेपाल पनि त्यस्तै शिकार बन्दै छ । पश्चिमाहरुले धर्म निरपेक्षताको आवरणमा धर्मान्तरणलाई अभियानका रुपमा योजनाबद्ध ढंगले संचालन गर्ने गरेको अनुभूत हुन्छ । कुनै समय व्रिटिस उपनिवेशको रुपमा रहेको अफ्रिकी मुलुक नाईजेरिया, जसको आफ्नै धर्म, संस्कृति र परम्परा थियोलाई सबैभन्दा पहिले धर्मनिरपेक्षता सहित गणतन्त्रात्मक मुलुक बनाइएको र त्यसपछि इशाईकरणलाई तिव्रता दिइएको ऐतिहासिक तथ्यहरुले देखाउँछन् । व्रिmश्चीएनीकरण भैरहेका विश्वका तमाम मुलुकहरुको कथाव्यथा यस्तै यस्तै मिल्दा जुल्दा छन् तसर्थ समयमै सचेतना दवाई हो ।

तपाईको प्रतिक्रिया