उदयपुर । विराटनगरको नोबेल मेडिकल कलेजले उदयपुरकी गर्भवती महिलामाथि गरेको व्यवहारप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले गर्भवती महिलामाथि भएको व्यवहारबारे सञ्चार माध्यममा आएको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यसमा गम्भीर चासो देखाएको बताए ।
उहाँले गर्भवती महिलाप्रति भएको व्यवहार प्रमाणित भए कारवाही गर्न मन्त्रालय पछि नपर्ने चेतावनी पनि दिनुभयो । उदयपुर घर भएकैले नोबेलले अप्रेशन थिएटरबाट बिरामी निकाल्यो । 
प्रवक्ता डाक्टर देवकोटाले मुलुक कोरोना भाइरसकोविरुद्ध सामुहिकरुपमा लडिरहेको अवस्था स्वास्थ्य संस्थाबाट नै देखाइएको व्यवहार दुर्भाग्यपूर्ण रहेको बताउदै यस्मा मन्त्रालयले आफ्नोतर्फबाट छानविन अगाडि बढाएको जानकारी दिनुभयो ।
स्मरणीय छ, विराटनगरस्थित नोबेल मेडिकल कलेजले गत बुधबार विहान शल्यक्रियाको समयमा गर्भवती महिला उदयपुरको भन्ने थाहा पाएपछि निकालेको थियो । त्यही दिन त्रियुगा नगरपालिका ११ की सरस्वती रौनियारले कोशी अस्पतालमा स्वस्थ्य शिशुलाई जन्म दिएकी थिईन ।

तपाईको प्रतिक्रिया