उदयपुर । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका एक विद्यार्थी नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेमा नेकपा विप्लवका विद्यार्थी संगठन अखिल क्रान्तीकारी जिल्ला उपाध्यक्ष नायनसरी राई रहेकी छिन् । उनले आइतबार एक विज्ञप्ती जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनीले विप्लव निकट नेकपा पार्टीको विद्यार्थी संगठनमा आफुलाई राखिएपनि कुनै जिम्मेबारी काम नगरेको विज्ञप्तीमा जनाएको छ । उनले विप्लव समूह नेपाल सरकारबाट प्रतिवन्धित रहेको समेत जानकारी नभएको तर सो सम्बन्धमा जानकारी भई आएकोले अव कुनै पनि कमिटी तथा गतिविधिमा संलग्न नरहेन भन्दै विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेकी हुन् ।
यो पनि पढ्नुस्

तपाईको प्रतिक्रिया