उदयपुर । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्याग गर्नेमा एक जिल्ला कमिटी सदस्य छन भने अर्का पार्टी संगठित सदस्य पनि छन् ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य निर्मल रेग्मी र बेलका नगरपालिका ४ हाल जिल्ला कारागार उदयपुरमा बन्दी गृहमा रहेका पूर्ण बहादुर तामाङले छुट्टाछुट्टै विज्ञप्ती जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेको छ । उनीहरुले विप्लव निकट नेकपा पार्टीको गतिविधिमा संलग्न रहेपनि अव कुनै पनि कमिटी तथा गतिविधिमा संलग्न नरहेन भन्दै विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया