उदयपुर । नेपाली भूभाग मिचेको विषयलाई लिएर उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारमा समेत भारत सरकार विरुद्ध बिरोध प्रर्दशन गरिएको छ । कालापानीको मुद्धालाई लिएर देशभर आन्दोलन छेडिदा बेल्टारमा समेत भारत बिरोधी प्रर्दशन गरिएको हो । जनज्योति क्याम्पस बेल्टारको अनेरास्ववियु र नेविसंघको अगुवाईमा निकालिएको ¥यालीमा नगरवासीले समेत सहभागिता जनाएका थिए । हाम्रो भूमी फिर्ता गर, भारतीय विस्तारवाद मुर्दाबाद, देशभक्त विद्यार्थी एक हौं, हाम्रो भूमि हाम्रै हो जस्ता नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।
बेल्टार बसपार्कदेखि शुरु भएको भारत बिरोधी नाराबाजी सहितको ¥याली पुष्पलाल चौक, विपी चौक, मदन चौक, पारुहाङ्ग चौक, हेल्थपोष्ट चौक, स्कूल चौक, स्कूल डाँडा, चतरा लाइन हुँदै पुनः बेल्टार बसपार्कमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा अनेरास्ववियुबाट रोशन रेग्मी र मनिस कार्की, नेविसंघबाट विशाल गेलाल र विवस राईले बोलेका थिए । वक्ताहरुले कालापानी नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकताको खाँचो औंल्याए । कोणसभामा बोल्दै विद्यार्थी नेताहरुले भारतको नेपालप्रतिको अपमान र हेपाहा प्रबृत्तिको चर्को आलोचना गरेका थिए । यस्ता गलत कार्य विरुद्ध कडा कदम चाल्न पनि सरकारसंग माग गरेका थिए । राष्ट्रियता र राष्ट्रप्रति धावा बोलिएको खण्डमा विद्यार्थी चुप नबस्ने भन्दै कडाईका साथ विरुद्धमा लाग्ने चेतावनी उनीहरुले दिए ।
लिपुलेक कालापानी सहितका नेपाली भूभाग आफ्नो तर्फ रहेको रहेको विवादित नक्सा जारी गरेपछि नेपाल भर भारत विरोधी अभियान छेडिएको छ ।बेल्टारबासीले भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालै बाट आवश्यक कुटनैतिक पहल चाल्नु पर्ने माग समेत गरेका छन् ।
विरोध कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई, नेकपा उदयपुरका जिल्लाहरु सदस्य किशोर ताम्राकार, शम्भु पौडेल, सन्तोष बस्नेत, राजन किराती, पत्रकार केदार कटुवाल लगायत युवा विद्यार्थी, व्यवसायी, बुद्धिजिवीको समेत उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया