उदयपुर । सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि. लगायत अन्य यातायात व्यसायीका बुकिङहरु छुटेका छन् । दसैं मनाएर राजधानी काठमाडौं फर्किने यात्रुसँग हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि.द्वारा संचालित बस लगायतका व्यसायीहरुले सरकारले तोकेको बन्दा बढी नलिने शर्तमा पक्राउ परेका बुकिङहरु छुटेका छन् । यातायात व्यवसायीहरुले मनलाग्दी भाडा असुल गर्न थालेपछि प्रहरीले पाँच जना बुकिङलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा हिमाली यातायात व्यवसायी केन्द्र प्रा.लि.द्वारा संचालित बसका बुकिङ विरेन्द्र बस्नेत र भोजराज पौडेल, रौतामाई यातायात व्यवसायी संघका विमल बस्नेत, पूर्वी नेपाल तथा फिफा यातायातका बाबु राई र अर्का राजु थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यातायात व्यवसायीहरुको प्रतिनिधिहरुको रोहबरमा सरकारले तोकेको भन्दा बढी भाडा नलिने शर्तमा कागज गरेर बुकिङ छोडिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढामगरले बताए । एसपी मगरले भने, ‘अव आइन्दा बढी भाडा लिएको पाए जो कोहीलाई पनि उन्मुक्ती नदिने शर्तमा छोडिएको छ, सम्भवत अव बढी भाडा लिएको गुनासो आउने छैन ।’ सरकारले गाईघाटदेखि काठमाडौंको भाडा ८ सय ८९ रुपैया कायम छ । उदयपुरको इतिहासमै बढी भाडा असुल्ने बुकिङलाई प्रहरी खोरमा पु्याउने सायद यो पहिलो घटना हुनु पर्ने एक बस व्यवसायीले बताए ।
चेकिङको क्रममा यात्रुसँग तोकिए भन्दा बढी भाडा असुल गर्ने ८ सवारी साधानलाई कारबाही गरि यात्रुबाट लिएको बढी भाडा करिव १७ हजार रुपैया जिल्ला ट्राफिक प्रहरीले फिर्ता गराएको थियो । गाईघाट, मुर्कुची, बेल्टारबाट बिपि लोकमार्ग हँुदै काठमाण्डौ जाने बस, माईक्रो, सुमो, जीपका १ सय १० भन्दा बढी यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएकोमा फिर्ता दिलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले बताए । उनका अनुसार चेकिङ्गको क्रममा बा. ५ ख ५७४५, बा.४ ख ४१४८, बा.४ ख १९२६, बा.२ ख ९१८८ नम्बरको यात्रु बसबाट लिएको बढी भाडा फिर्ता गराएका हुन । यस्तै बा.५ ख ६४७१ नम्बरको गुगल यातायातबाट सिट क्षमता भन्दा बढी यात्रु चढाएको र बा.२ ख ५५५६ नम्बरको रेन्बो डिलक्समा ७ जनाको बढी भाडा लिएको फिर्ता गरेको थियो । ना १ज ६९२०, ना१ज ६२७९ र स १प ४७२, ना.४ ख २४०, बा.४ ख ४४६९, बा४ख ८२७ नम्बरका माइक्रो तथा सुमोको बढी भाडा फिर्ता गराएको थियो ।
सरकारले तोकेको प्रतिव्यक्ति ८ सय ८९ रुपैया भाडा लिनु पर्नेमा बुकिङहरुले दशै तिहारको मौका छोपी १ हजार ४ सयसम्म लिएको पाईयो अर्का ट्राफिक हबलदार तिलक पौडेलले बताए । उनले भने, ‘बस एउटा टिक अर्कैको पनि दिइएको पाइयो भने कतिले रिजर्भको बोर्ड टास्दै बढी भाडा असुलेको देखियो ।’
यस्तै सवारी साधनले यात्रुसँग बढि भाडा असुल्ने, यात्रुलाई टिकट नदिने, वृद्धवृद्धालाई आरक्षण सिट र राज्यले भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था लागु नगर्ने, क्षमता भन्दा बढि यात्रु बोकेर यात्रा गरेका लगायत सवारी साधनलाई अनुगमनको क्रममा कारवाही गरिएको छ ।
यो पनि पढ्नुस्
उदयपुरमा बढी भाडा असुल्ने तीन बुकिङ प्रहरी खोर पुगे (फोटो फिचरसहित)









