उदयपुर – नेकपा एमाले केन्द्रिय कमिटीले उदयपुर निर्वाचन क्षेत्र नं. २ मा उम्मेदबार परिवर्तन गरेको छ । दुई दिन अघि सम्म निर्वाचन क्षेत्र नं. २ मा ज्ञानेन्द्र श्रेष्ठ (काजी)  लाई उम्मेदबारीको घोषणा गरि पनि उम्मेदबारी दर्ता गर्ने दिन नेता अम्बर रायमाझीलाई टिकट दिइएको छ ।

यस अघि एमालेले ज्ञानेन्द्र श्रेष्ठलाई उमेद्वार बनाएको विभिन्न समाचार माध्यममा सार्वजनिक भएको थियो । श्रेष्ठ उमेद्वार नभई रायमाझी एमालेको उदयपुर २ को उमेद्वार आधिकारिक रहेको एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेले बताए ।

नेकपा एमाले उदयपुरका उपाध्यक्ष तथा कटारी नगरपालिका निवर्तमान मेयर श्रेष्ठले हिजोसम्म मेरो नाममा टिकट आएको थियो आज उहाँ रायमाझीको नाममा टिकट आएको छ । उनले भने, “पार्टीको केन्द्रिय नितिलाई मैले मान्ने हो, मेलै टिकट पाउनु र रायमाझी जीले टिकट पाउनुमा कुनै फरक छैन्, मैले यस पटक उहाँलाई सघाउने हो अर्को पटक उहाँले मलाई सघाउनु पर्छ ।”

रायमाझीसँग प्रतिष्पर्धामा सत्ता गठबन्धनको तर्फबाट साँझा उम्मेदबार नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा चुनावी मैदानमा छन् ।

उदयपुर निर्वाचन क्षेत्र नं. १ मा एमालेबाट मञ्जु कुमारी चौधरीलाई टिकट दिइएको छ । उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा डा. नारायण खड्कासँग पराजित भएकी हुन् ।

 

तपाईको प्रतिक्रिया