उदयपुर – आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उदयपुरमा नेकपा एमालेबाट करिव करिव उम्मेदबारको नाम फाइनल भएको छ । प्रतिनिधि सभाको निर्वाचनको लागि उदयपुरमा क्षेत्र नं. १ मा मन्जु कुमारी चौधरी र क्षेत्र नं. २ मा ज्ञानेन्द्र श्रेष्ठ (काजी) लाई उम्मेदबार बनाएको स्रोतले जानकारी दिइएको छ ।स्रोतका अनुसार टिकटमा उदयपुरको फाइनल भएपनि आधिकारिक सार्वजनिक भएको छैन् । मन्जु चौधरी संविधान सभा सदस्य हुन् । उनले २०७४ सालको निर्वाचनमा डा. नारायण खड्कासँग पराजित भएका थिए ।
यस्तै श्रेष्ठ कटारी नगरपालिकाका निर्वतमान मेयर हुन् । उनले गत स्थानीय निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए ।
प्रदेश सभाको लागि प्रदेश १(क) मा पुनः विमल कार्कीलाई उम्मेदबार बनाएको छ भने प्रदेश १(ख) मा निर्वमान अध्यक्ष ईश्वरमणि राउतलाई उम्मेदबार बनाइएको स्रोतले जानकारी दिए ।
यस्तै प्रदेश २ (क) मा देवराज राई र प्रदेश २ (ख) मा जीवनाथ दाहाललाई उम्मेदबार बनाएको छ ।
यस विषयमा नेकपा एमाले उदयपुरका जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेसँग बुझन खोज्दा गाईगुई हल्ला आएपनि आधिकारिक टिकटको जानकारी आई नसकेको बताए ।