उदयपुरमा सेनाले रोपेका २० हजार विरुवा संरक्षण अभावमा मरे (भिडियो सहित)
उदयपुर । उदयपुरका वन क्षेत्रमा बर्सेनि सरकारी तथा गैरसरकारी कार्यालयले करोडौं बजेटमा विरुवा रोप्छन् । तर, संरक्षण र रेखदेख नहुँदा कागजमै सीमिति हुने गरेको छ । मोटो रकम खर्चेर भएका वृक्षारोपण कमै मात्र वनमा परिणत भएका उदहाहरणहरू छन् ।
नेपाली सेनाद्वारा उदयपुरको चुरे क्षेत्रमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा २०७४ साउन ११ गते त्रियुगा नगरपालिका ५ स्थित बुर्जाकान्ला र ...













