पोखरीको ११ पसलसहित दुई दर्जन घर परिवार पहिरोको उच्च जोखिममा
उदयपुर । असारको अन्तिम साता आएको वर्षातले रौतामाई गाउँपालिका ५ को पोखरी गाउँ पहिरोले पुर्ने उच्च जोखिममा रहेको छ । पोखरीको बस्ती नै स्थानान्तर गर्नुपर्ने अवस्था परेको छ ।
पोखरीमा ११ वटा पसल सहित करिब दुई दर्जन घरपरिवार पहिरोले पुर्ने उच्च जोखिम भएपछि सिंगो बस्तीनै स्थानान्तर गर्नुपर्ने अवस्था आएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए ।
बस्तीभन्दा माथिको अग्लो पहरा विष्फोट भए झै गरी भत्किन ...













