उदायपुरमा चट्याङले एकको मृत्यु, हावाहुरीले आधा दर्जन घरको छानो उडायो (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । मंगलबार रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुरमा एक जनाको मृत्यु भएको छ । रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङबाट कटारी नगरपालिका ८ बबलामा ३७ वर्षिय कालीमाया आले मगरको मृत्यु भएको छ ।
मगरको घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) चन्द्रदेव राईले बताए । मगरको शव परीक्षणको ...













