एसईईको स्वास्थ्य, जनसंख्या तथा वातावरण विषयको प्रश्नपत्र बाहिरिएको छैन, अफवाह फैलाइयोः शिक्षा विभाग
जनकपुर । प्रदेश नम्बर २ को शिक्षा विभागले प्रवेशिका परीक्षा (एसईई)को प्रश्नपत्र सुरक्षित रहेको बताएको छ। परीक्षा तालिका अनुसार भोलि स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा हुँदैछ।
विभागका निर्देशक रामाकान्त शर्माले भोलि शनिवार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको प्रश्न सुरक्षित रहेको बताए। ‘भोलि प्रश्नपत्र बाहिरिएको छैन्। सामाजिक सञ्जाल र केही म...













