१ सय १५ जना जेष्ठ नागरिकलाई परिचय पत्र

१ सय १५ जना जेष्ठ नागरिकलाई परिचय पत्र
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा बिहिबार मात्रै एक सय १५ जनाले ज्येष्ठ नागरिक परिचय पत्र प्राप्त गरेका छन् । ६० वर्ष उमेर पुरा गरेका सबै नागरिकले परिचय पत्र प्राप्त गरेसँगै यातायात र औषधी उपचारमा ५० प्रतिशत छुट प्राप्त गर्ने परिचय पत्रमा नै उल्लेख गरिएको छ । गत सोमबारदेखी वितरण शुरु गरिएकोमा हालसम्म करिव २ सय जनाले परिचय पत्र प्राप्त गरिसकेका वडा कार्यालयले जानकारी दिएको छ । वडा ...

एनआरएनए कतारको नयाँ नेतृत्वमा नेकपाको दुई उम्मेदबार

एनआरएनए कतारको नयाँ नेतृत्वमा नेकपाको दुई उम्मेदबार
दोहा । गैर आवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलनको मिति नजिकिँदै गर्दा अहिले विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्ले धमाधम अधिवेशन गर्दै नयाँ नेतृत्व चुनिरहेका छन् । यही क्रममा एनआरएनए कतारले पनि आफ्नो आठौँ राष्ट्रिय महाधिवेशन आउँदो ३० अगष्ट र कार्यसमिति चयनका लागि निर्वाचन २३ अगष्टमा गर्ने भएको छ । चुनावी सरगर्मी बढेसँगै एनसीसी कतारको विभिन्न पदका लागि आकांक्षीहरूले आ–आफ्नो दाबेदा...

गुणस्तरहिन सिमेन्टले कत्तै तपाईको घरले परिवारलाई नै किचिरहेको त छैन !

गुणस्तरहिन सिमेन्टले कत्तै तपाईको घरले परिवारलाई नै किचिरहेको त छैन !
उदयपुर । धेरै नेपालीको सपना हुने गरेको छ – आफ्नै कम्तिमा एउटा घर होस् । र, त्यो घर पनि सकेसम्म सहरी क्षेत्रमै होस् । सहरका घर भन्ने वित्तिकै तपाईले अनुमान गर्नु भयो होला – इटा, सिमेन्ट र फलामे छडले बनेका घर । आधुनिक मानिने यस्ता घर बनाउन सामान्य आर्थिक अबस्था भएको एउटा परिवारले जीवनभरको कमाइ लगानी गरेको हुन्छ । अब हामी यहाँ तपाइलाई सिमेन्टको कथा सुनाउदै छौं । तपाइको परिवारले जीवनभरको कमाइ लगानी ...

उदयपुरमा वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम विस्फोट

उदयपुरमा वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम विस्फोट
सुखिलाल चौधरी, उदयपुर । उदयपुरमा जलजले खानेपानी उपभोक्ता समितिको भवनमा रहेको पूरानो वडा कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । सोमबार राति अज्ञात समूहले अन्दाजी १ बजेको समयमा त्रियुगा नगरपालिका ६ जलजले स्थित पूरानो वडा कार्यालय भवनलाई लक्षित गरी सिलिण्डर बम विस्फोट गराईएको छ । बमको विस्फोटले जलजले खानेपानी उपभोक्ता समितिको भवनमा क्षति पुगेको वडा सदस्य जयराम पंजियारले ...

ट्रान्सफर्मर जल्दा २ हजार घर अन्धाकारमा बस्न बाध्य

ट्रान्सफर्मर जल्दा २ हजार घर अन्धाकारमा बस्न बाध्य
उदयपुर । त्रियुगा नगरपालिका ९ राजाबासमा ट्रान्सफर्मर जल्दा चार दिन देखि २ हजार घर विद्युत् सेवाबाट वञ्चित भएका छन् । विद्युतको ट्रान्सफर्मर जल्दा नवउ दयटोल, चौकरीवारी, पाखाटोल र सखुवनी लगायत गाउँका २ हजार घर अध्यारोमा बस्न बाध्य भएका छन् । विजुली अवरुद्ध भएपछि खाद्यन्न मिल र सामुदायिक रेडियो नै बन्द भएको छ । गर्मी मौसममा चार दिनदेखि गाउँलेहरु गार्मी सहनु परेको छ भने अन्धकारमा बस्न बाध्य भएको ...

उदयपुरको कटारीमा रवि समर्थकको विरोध प्रर्दशन (फोटो फिचरसहित)

उदयपुरको कटारीमा रवि समर्थकको विरोध प्रर्दशन (फोटो फिचरसहित)
उदयपुर । रवि लामिछाने सर्थकहरुले देशैभर विरोध प्रदर्शन गरिरहेको बेला उदयपुरको कटारी बजारमा पनि प्रर्दशन भएकोे छ । कटारी बजारमा नागरिक समाजले सोमबार रविको समर्थनमा विरोध प्रर्दशन गरेको हो । “रविलाई रिहाई गर, झुटा आरोप खारेज गर, भष्ट्रचारी दलाल होसियार” लगायतका नारा बाजी गर्दै बजार परिक्रमा गरेर कोण सभा गरेको थियो । राज्यले चालेको गलत कदम प्रति आपत्ति जनाउदै विरोध प्रर्दशनको आयोजना गरेको नागरिक समा...

पत्रकार पुडासैनी मृत्यु प्रकरणः भरतपुरमा चौथो दिनको प्रदर्शन (तस्विरमा)

पत्रकार पुडासैनी मृत्यु प्रकरणः भरतपुरमा चौथो दिनको प्रदर्शन (तस्विरमा)
चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले आज गरेको प्रदर्शनका क्रममा प्रहरीले आधा दर्जनलाई पक्राउ गरेको छ । सडक अबरुद्ध गरी प्रदर्शनमा उत्रेपछि ७ जनालाई पक्राउ गरिएका चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । प्रदर्शनका क्रममा दुई पटक दोहोरो झडप समेत भएको छ । तस्विरमा हे...

उदयपुरमा डेंगुको संक्रमण बढ्यो, कटारीमा १९ जना विरामी

उदयपुरमा डेंगुको संक्रमण बढ्यो, कटारीमा १९ जना विरामी
उदयपुर । एडिस नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग कटारी नगरपलिकामा प्रकोपकै रुपमा फैलिदै गएको छ । त्रियुगा नगरपालिकामा जेष्ठ ३० गते नै देखापरेको डेंगु कटारीमा साउन २६ गतेदेखि डेंगु रोगको भाइरस देखा परेको थियो । कटारीमा सोमबारसम्म १९ जनासम्म बिरामीमा यसको भाइरस देखा परिसकेको छ । सुरुमा सुनसरीको धरानमा देखा परेको डेंगुको संक्रमण झापा, मोरङ हुँदै उदयपुरमा पनि देखा परेको छ । डेंगु रोगका बि...

जनप्रतिनिधिलाई तलब भत्ता दिन नहुने भन्दै सर्वोच्चमा रिट दायर

जनप्रतिनिधिलाई तलब भत्ता दिन नहुने भन्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । संविधानको व्यवस्थाविपरित स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओलीले संविधानविपरित प्रदेशहरूले बनाएको कानुनका आधारमा स्थानीय जनप्रतिनिधिले तलब सुविधा लिएकाले यो व्यवस्थाको खारेजीका लागि आइतबार रिट निवेदन दिएका हुन । संविधानको धारा २२०(८) र धारा २२७ ले स्थानीय तहका पदाधिकारी र सदस्यका लागि सुविधाको मात्रै व्यवस्था गरिएकोले त...

उदयपुरमा लागूऔषध कारोबारी र सेवन कर्ता पक्राउ (तस्विर सहित)

उदयपुरमा लागूऔषध कारोबारी र सेवन कर्ता पक्राउ (तस्विर सहित)
उदयपुर । उदयपुरमा लागूऔषध कारोबारी र सेवन कर्ता पक्राउ परेको छ । गत बुधबार साँझ ६ बजेको समयमा त्रियुगा नगरपालिका ६ लालपत्ताबाट सशंकित सवारी साधन तथा मानिसहरुको चेक जाँचको क्रममा दुई जना लागूऔषध कारोबारी पक्राउ परेको थियो । सार्वजनिक सवारी साधन विङ्गरमा सबार भई लहानबाट गाईघाट तर्फ आउँदै गरेको सिरहा जिल्ला अर्नामा गाउँपालिका १ बस्ने २७ वर्षिय जिहाबुल मन्सुरी र ऐ.ऐ.बस्ने २५ वर्षिय तवारक अन्सारीलाई ल...