चौदण्डीगढीको कुवाखानीमा भुजेल जातिको मन्दिर उद्घाटन
उदयपुर । किरात राई समुदायको उधौली पर्वको अवसरमा भुजेल जातिको भुमे मन्दिरको विहिबार उद्घाटन भएको छ ।
चौदण्डीगढी नगरपालिका ६ स्थित कुवाखानीमा निर्मित मन्दिरको नगरप्रमुख खगेन्द्र राई र उपप्रमुख रिताकुमारी चौधरीद्धारा संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । वडा र नगरको १÷१ लाख रुपैया र स्थानीयवासीको जनश्रमदानगरी ५ लाख रुपैयामा वडा सदस्य उद्धव भुजेलको सकृयतामा निर्माण भएको हो ।मन्दिरको उद्घाटन गर्दै नगर...













