काठमाडौं । पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन् ।‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’लाई सांसद तामाङले औषधीय गुण भएको गाँजालाई प्रतिबन्ध लगाउन नहुने तर्क गरेका छन् । सांसद तामाङले यो विधेयक संसद सचिवालय भवन नं १ विधेयक शाखामा दर्ता गराएका हुन् । गाँजा खेतीमा लगाइएको प्रतिबन्ध फुकुवा हुन सकेमा नेपालको आर्थिक समृद्धिमा राम्रो टेवा पुग्ने तर्क तामाङले गरेका छन् । विधेयक दर्ता गराएपछि सांसद तामाङले गाँजालाई विदेश निर्यात गरेर देशले गतिलो आम्दानी गर्न सक्ने तर्क गरेका छन् ।
‘गाँजा फुकुवा गरेर निर्यात गर्न सकेमा देशले ठूलो आम्दानी गर्छ सक्छ’, उनले भनेका छन्, ‘गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेर व्यावसायिक खेति गर्न सकेमा विदेशमा रहेका ८० प्रतिशत युवाहरु देशमा फर्किएर आत्मनिर्भर हुनेछन् ।
विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपालमा पनि यसमाथि लागेको प्रतिबन्ध फुकुवा हुनुपर्ने उनले बताए । अमेरिका क्यानडा लगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिबन्ध फुकुवा गरेका छन् ।
कानुनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले जथाभावी नहुने उनले बताए । गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटरको दुरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ । सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने बताए । यसअघि नेकपाकै सांसद विरोध खतिवडाले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लविङ गर्दै आएका छन् । उनीसहित ४५ जना सांसदहरुले गत माघमा प्रतिनिधि सभामा ४५ गाँजा–भाङमा लगाएको प्रतिबन्ध हटाउन ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ दर्ता गराएका थिए ।

विधेयक 

‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’

तपाईको प्रतिक्रिया