उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका गाउँ कार्यपालिकाले बुधबार सार्वजनिक विदाको घोषणा गरेको छ । नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७४ साल फागुन १४ गतेको निर्णयानुसार साविक सुनकोशी गाउँपालिकाको नाम परिवर्तन गरि लिम्चुङबुङ गाउँपालिका रहन गएको दिनमा सार्वजनिक दिने निर्णय गरेको हो ।
गाउँपालिकाको कार्यालय र माताहातको वडा कार्यालयहरु र गाउँ पालिका क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहने सूचना जारी गरी जानकारी दिइएको छ ।









